१९ फागुन, हेटौँडा । राष्ट्रिय युवा परिषद स्थापना दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले अन्तरक्रिया गरेको छ । समितिले युवाका मुद्धा तथा युवा लक्षित कार्यक्रम बारे मकवानपुरका संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष सन्तोष चौलागाईले आफुहरुले करिव २ बर्षको छोटो अवधिमा समितिले गरेको कामबारे लक्षित बर्गसम्म बुझाउने काम गरेको बताए । उनले समिति सरकारी निकाय मातहतमा रहेको जानकारी दिंदै युवा उद्यमशिलता अभिबृद्धि, नेतृत्व विकास, सिप एवं क्षमता अभिबृद्धि, स्वरोजगार लगायतका क्षेत्रमा समितिले काम गरेको बताए । उनले कागजी प्रक्रियाको जटिलताले अझै पनि टाढाबाठाले मात्रै प्रक्रिया पुरा गरेर सरकारी निकायबाट पाईने सुविधा लिन सक्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य जरुरी रहेका बताए ।
कार्यक्रममा संचारकर्मी रुपेश दुलाल, सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी, कृष्ण सारु मगर लगायतले समितिले आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे सुझाव दिएका थिए । कार्यक्रममा समितिका कार्यालय प्रमुख शम्भुप्रसाद पौडेल, सदस्य रामकृष्ण थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समितिले उद्यमशिलताका लागि सहकारीसंगको समन्वयमा समूह बनाई काम गर्ने युवाहरुलाई निर्व्याजी ऋण सहयोग गर्दै आएको छ ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...