Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा–७ मा दुई पत्रकारलाई सम्मान

Pushpa-1515916988.jpg

३० पुस, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन समूहले हेटौँडाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । 
समूहको २७ औं बार्षिक साधारणसभामा संचारकर्मी भीमसेन पौडेल र टिम टेलिभिजनका संबाददाता पुष्पराज अधिकारीलाई समूहले गरेका क्रियाकलापहरुको प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्न सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य फौदसिह कार्की र प्रेमकुमारी अधिकारी, उत्कृष्ठ किसानमा लालबहादुर थिङ, उत्कृष्ठ पशुपालनमा देवकी तिवारी, उत्कृष्ठ उपभोक्तामा बद्रीप्रसाद प्रसाई, सरसफाईमा नवराज केसी र अपाङ्गमा प्रेमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
साधारण सभाले समूहको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री निर्विरोध चयन गरेको छ । सभाले चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा शान्ति तिमल्सिना, कोषाध्यक्षमा भरत अधिकारी र सहसचिवमा विजय गौतम सर्वसम्मत हुनुभएको छ । यसैगरी सदस्यहरुमा देवराज पौडेल, नन्दुप्रसाद पोखरेल, सम्झना गुरुङ, सावित्री गौतम, सुशिला पाख्रिन र राममाया पाख्रिन चयन भएका छन् । 
साधारण सभाको उदघाटन सत्रमा समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७४/०७५ को लागि १२ लाख ५५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा साधारण सभा भएको थियो । 
साधारणसभामा अस्मिता नेपालकी अध्यक्ष भारती पाठक, हेटौडा ईलाका वन कार्यालय,रातोमाटेकी वनरक्षक अनिता शिलवाल, पिपलेपोखरा सामुदायिक वनका अध्यक्ष रामहरी चौलागाई, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम, संगालो टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद भटटराई, समूहकी उपाध्यक्ष रेखा मैनाली, उपभोक्ता मीना अधिकारी, देवराज पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । यो समूह २०७३ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण तृतिय पुरस्कारबाट पुरस्कृत समूह हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार