Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

जाडोमा स्वास्थ्य समस्यामा यसरी जोगिनुस्

Cold-1575512974.jpg

Google Photo

डा. प्रकाश पौड्याल 
जनरल फिजिसियन (नेपाल नेसनल अस्पताल)

सामान्यतया चिसो मौसममा वातावरण प्रदूषण हुने र हावामा ब्याक्टेरीया रहने हुँदा अन्य समयको तुलनामा यो समयमा स्वास्थ्य जटिलता धेरै देखिन्छन् । वृद्धवृद्धा, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । छातीको समस्या भएका व्यक्तिमा रोग बढेर जाने  जोखिम रहन्छ ।

रुघाखोकी
सामान्यतया यस समय रोगका कीटाणु हावामा तैरिरहने भएकाले रोगको संक्रमण छिटो हुने गर्छ । रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिमा रुघाखोकीको संक्रमण छिटो हुन्छ । यो एउटा भाइरल संक्रमण हो । रुघाखोकी  एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा धेरैजना प्रभावित हुन्छन् । बालबालिका (शिशुहरू), वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । शरीरलाई न्यानो राख्न सकेमा भाइरल संक्रमणबाट बच्न सकिन्छ । 
निमोनिया
निमोनियाबाट प्रायः दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । निमोनिया भाइरस ब्याक्टेरिया र फंगल्सका कारण हुने गर्छ । निमोनिया हुँदा रुघाखोकी र स्वासप्रश्वासको पनि समस्या आउने हुँदा उपचारमा जटिलता हुने गर्छ । 
फोक्सोमा संक्रमण
जाडो मौसममा फोक्सोको संक्रमण बढ्ने सम्भावना अत्यधिक हुन्छ । वायुमण्डल चिसो हुने हुँदा रोगका कीटाणु बढी समय सक्रिय रहन्छन् । खासगरी स्वासप्रश्वासका बिरामी वृद्धवृद्धामा फोक्सोमा समस्या देखिन सक्छ । उनीहरूमा प्रतिरोधी क्षमता पनि स्वतः कम हुने हुँदा बढी प्रभावित हुने गर्छन् । 
श्वास–प्रश्वासमा समस्या
श्वास–प्रश्वासको समस्या भएका व्यक्तिका लागि चिसो मौसम निकै कष्टकर हुने गर्छ । खासगरी दम, आस्थमा र अन्य समस्या यो मौसममा बल्झिन सक्छन् । थोरै काम गर्दा पनि दम फुल्ने, काम गर्न गाह्रो हुने, सास फेर्नै समस्या हुनेजस्ता जटिलता देखापर्छन् । दम धेरै बढेमा मुटुमा पनि समस्या देखिने हुँदा दमका बिरामीले जाडोको मौसममा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । 
हृदयाघात
जाडो मौसममा हृदयाघातको जोखिम पनि बढेर जाने गर्छ । चिसोले गर्दा रगतमा कोलेस्ट्रोल, सिपिआर, फ्रिब्रिनोजेन र फ्याक्टर सेभेनजस्ता तत्व बढेर जान्छन् । जसले गर्दा नसा खुम्चिन्छ र हृदयाघातको जोखिम बढेर जान्छ । 

कसरी स्वस्थ रहने ?
- चिसो लाग्नबाट बच्नका लागि न्यानो पारेर बस्नुपर्छ । बालबालिका र वृद्धवृद्धालाई पनि न्यायो लुगा लगाइदिनुपर्छ । तर, कोठा न्यानो बनाउँदा उचित भेन्टिलेसन पनि राख्नुपर्छ, अर्थात् कोठा गुम्स्याएर राख्नुहुँदैन ।
- गाउँघरमा न्यानो बनाउन आगो ताप्ने चलन छ । आगो बाल्दा कोठा बन्द राख्नु हुँदैन । धुवाँमा कार्बनमोनोअक्साइड हुने हुदाँ शरीरमा प्रतिकूल असर पर्छ । 
- बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्स्याउनुहुँदैन । भित्रभित्रै तातो भएर पसिना आँउछ र त्यसैको चिसोले अन्य समस्या निम्त्याँउछ ।  
- बिहानको समयमा हिँड्डुल गर्नुपरेमा बाक्लो लुगा लगाउनुपर्छ । 
- भाइरल संक्रमण भएका व्यक्तिबाट टाढै बस्नुपर्छ ।
- झोलिलो खानेकुरा र भिटामिन सीयुक्त फलफूल बढी सेवन गर्नुपर्छ । 
- छाला सुक्खा हुनबाट बचाउन मोस्चराइजरको प्रयोग गर्नुपर्छ । चिसोका कारण धेरै नुहाउने गर्नुहँुदैन । यसले छालामा समस्या देखिन सक्छ । 
- श्वासप्रश्वासका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । केही समस्या देखिएमा चिकित्सकको परामर्श लिन सकिन्छ ।

साभार : नयाँपत्रिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार