Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

जाडोमा स्वास्थ्य समस्यामा यसरी जोगिनुस्

Cold-1575512974.jpg

Google Photo

डा. प्रकाश पौड्याल 
जनरल फिजिसियन (नेपाल नेसनल अस्पताल)

सामान्यतया चिसो मौसममा वातावरण प्रदूषण हुने र हावामा ब्याक्टेरीया रहने हुँदा अन्य समयको तुलनामा यो समयमा स्वास्थ्य जटिलता धेरै देखिन्छन् । वृद्धवृद्धा, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । छातीको समस्या भएका व्यक्तिमा रोग बढेर जाने  जोखिम रहन्छ ।

रुघाखोकी
सामान्यतया यस समय रोगका कीटाणु हावामा तैरिरहने भएकाले रोगको संक्रमण छिटो हुने गर्छ । रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिमा रुघाखोकीको संक्रमण छिटो हुन्छ । यो एउटा भाइरल संक्रमण हो । रुघाखोकी  एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा धेरैजना प्रभावित हुन्छन् । बालबालिका (शिशुहरू), वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । शरीरलाई न्यानो राख्न सकेमा भाइरल संक्रमणबाट बच्न सकिन्छ । 
निमोनिया
निमोनियाबाट प्रायः दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । निमोनिया भाइरस ब्याक्टेरिया र फंगल्सका कारण हुने गर्छ । निमोनिया हुँदा रुघाखोकी र स्वासप्रश्वासको पनि समस्या आउने हुँदा उपचारमा जटिलता हुने गर्छ । 
फोक्सोमा संक्रमण
जाडो मौसममा फोक्सोको संक्रमण बढ्ने सम्भावना अत्यधिक हुन्छ । वायुमण्डल चिसो हुने हुँदा रोगका कीटाणु बढी समय सक्रिय रहन्छन् । खासगरी स्वासप्रश्वासका बिरामी वृद्धवृद्धामा फोक्सोमा समस्या देखिन सक्छ । उनीहरूमा प्रतिरोधी क्षमता पनि स्वतः कम हुने हुँदा बढी प्रभावित हुने गर्छन् । 
श्वास–प्रश्वासमा समस्या
श्वास–प्रश्वासको समस्या भएका व्यक्तिका लागि चिसो मौसम निकै कष्टकर हुने गर्छ । खासगरी दम, आस्थमा र अन्य समस्या यो मौसममा बल्झिन सक्छन् । थोरै काम गर्दा पनि दम फुल्ने, काम गर्न गाह्रो हुने, सास फेर्नै समस्या हुनेजस्ता जटिलता देखापर्छन् । दम धेरै बढेमा मुटुमा पनि समस्या देखिने हुँदा दमका बिरामीले जाडोको मौसममा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । 
हृदयाघात
जाडो मौसममा हृदयाघातको जोखिम पनि बढेर जाने गर्छ । चिसोले गर्दा रगतमा कोलेस्ट्रोल, सिपिआर, फ्रिब्रिनोजेन र फ्याक्टर सेभेनजस्ता तत्व बढेर जान्छन् । जसले गर्दा नसा खुम्चिन्छ र हृदयाघातको जोखिम बढेर जान्छ । 

कसरी स्वस्थ रहने ?
- चिसो लाग्नबाट बच्नका लागि न्यानो पारेर बस्नुपर्छ । बालबालिका र वृद्धवृद्धालाई पनि न्यायो लुगा लगाइदिनुपर्छ । तर, कोठा न्यानो बनाउँदा उचित भेन्टिलेसन पनि राख्नुपर्छ, अर्थात् कोठा गुम्स्याएर राख्नुहुँदैन ।
- गाउँघरमा न्यानो बनाउन आगो ताप्ने चलन छ । आगो बाल्दा कोठा बन्द राख्नु हुँदैन । धुवाँमा कार्बनमोनोअक्साइड हुने हुदाँ शरीरमा प्रतिकूल असर पर्छ । 
- बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्स्याउनुहुँदैन । भित्रभित्रै तातो भएर पसिना आँउछ र त्यसैको चिसोले अन्य समस्या निम्त्याँउछ ।  
- बिहानको समयमा हिँड्डुल गर्नुपरेमा बाक्लो लुगा लगाउनुपर्छ । 
- भाइरल संक्रमण भएका व्यक्तिबाट टाढै बस्नुपर्छ ।
- झोलिलो खानेकुरा र भिटामिन सीयुक्त फलफूल बढी सेवन गर्नुपर्छ । 
- छाला सुक्खा हुनबाट बचाउन मोस्चराइजरको प्रयोग गर्नुपर्छ । चिसोका कारण धेरै नुहाउने गर्नुहँुदैन । यसले छालामा समस्या देखिन सक्छ । 
- श्वासप्रश्वासका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । केही समस्या देखिएमा चिकित्सकको परामर्श लिन सकिन्छ ।

साभार : नयाँपत्रिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार