१२ पुस, काठमाडौं । चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुन्छ ।
चिसो छल्न मानिसहरु आगो ताप्नेदेखि हिटरसम्म बाल्ने गर्छन्। तर आवश्यक सावधानी भने अपनाउँदैनन्। धेरैजसोले झ्याल–ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । चिसोमा हिटरको प्रयोग किन र कसरी घातक हुनसक्छ, कसरी सावधानी अपनाउने लगायत विषयमा छातीरोग विशेषज्ञ डा राजु पंगेनीसँग गरिएको कुराकानीः
चिसोमा हिटरको प्रयोग गर्नु कुन अवस्थामा जोखिमपूर्ण मानिन्छ?
– बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातारणमा भएको आद्रता घटाउँछ।
– हिटरले श्वास नलीको भित्री भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ।
– म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ।
– म्युकस लियर सुन्निएमा दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ।
– लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या आउन सक्छ।
– हिटरको तापक्रमले खकारलाई सुख्खा बनाउँछ।
– खकार सुख्खा भए शरीर भित्रै खकार टाँसिने, निमोनिया हुने र अक्सिजन नली समेत बन्द हुनसक्ने खतरा हुन्छ ।
हिटर बाल्दा कुन अवस्थामा मानिसको मृत्यु हुन्छ?
– बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले स्वास्थ्यलाई हानि पुर्याउँछ।
– बन्द कोठामा हिटर बाल्दा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ।
– शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झुम्म हुने, बेहोस हुने र मृत्यु हुनसक्छ ।
बन्द कोठामा हिटर बाल्दा कोरोना संक्रमण फैलाउने र जटिलता बढाउने भन्ने कुरामा कतिको सत्यता छ?
– हिटरको प्रयोगले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष रुपमा कोरोना संक्रमितलाई असर गर्नसक्छ।
– बन्द कोठामा हिटरको प्रयोग गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग फैलने र अक्सिजनको मात्रा घटाउन सक्छ।
– संक्रमण छिटो फैलन सक्ने र कोरोनाका बिरामी भए समस्या बढ्न सक्छ ।
सुरक्षित तरिकाले कसरी हिटरको प्रयोग गर्न सकिन्छ?
– विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्छ।
– बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्न हुँदैन।
– हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ।
– सकेसम्म छोटो समय हिटरको प्रयोग गर्ने, रातभरि हिटर बालेर नछाड्ने र हिटर नजिकै नबस्ने गर्नुपर्छ।
– हिटरको प्रयोग गर्नुभन्दा प्राकृति रुपमा शरीरलाई बचाउन चिकित्सकको सुझाव पालना गर्नुपर्छ।
साभारः स्वास्थ्य खबरपत्रिका
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...