४ पुस, हेटौँडा । मकवानपुरको वाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् ।
आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा नपाएको समाचार सुवास विडारीले कान्तिपुरमा लेखेका छन् । विक्रम सम्बत १९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै स्थानमा पुनः नापी भएको थियो । स्थानीयले तिरो पनि तिर्दै आएका थिए । तर, लालपुर्जा पाउन सकेनन् । सशस्त्र युद्ध सुरु भएपछि तिरो पनि तिर्न छाडेको स्थानीय बताउँछन् । वाग्मती गाउँपालिका–६ का भीम राईले लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाका साथै धेरै क्षेत्रमा समस्या परेको बताए ।
लालपुर्जाका लागि सरोकारवालासँग कुरा गर्दा स्थानीय सरकारमै पहल गर्नुस् भन्ने जवाफ आएकाले झन् समस्यामा परेको राईको दुखेसो छ । वाग्मती गाउँपालिका–८ का राजकुमार तिमल्सिनाको गुनासो पनि उस्तै छ । राष्ट्रिय गौरवको आयोजना धरान–चतरा सडकको काम भइरहेको र जग्गाको मूल्य बढिरहेको अवस्थामा लालपुर्जा नहुँदा अप्ठेरो भएको उनले दुखेसो पोखे ।
गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिनका लागि नापी सुरु गरिसकेको अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाले जग्गा नापजाँच गर्ने प्राविधिक करारमा लिएर काम थालेको छ ।
‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि जग्गा नापी सुरु गरेका हौं । एउटा वडाको नापी भइसकेको छ । अब अस्थायी पुर्जा भए पनि वितरण गर्छौं,’ उनले भने । किसानले उपभोग गर्दै आइरहेको जग्गामा नौजना अमिन र सर्वेक्षकले पहिलो चरणमा नापी गरेर नक्सा निकाल्ने काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाधनीलाई गाउँपालिकाको तर्फबाट अस्थायी लालपुर्जा दिने गरी काम अगाडि बढाइएको छ,’ अध्यक्ष घलानले भने ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









