Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

किन मनाईन्छ शिवरात्री ?

lord-shiva-with-snake-1487917047.jpg

हिन्दूधर्मावलम्बीहरुले शिवको पूजा आरधना गरी शिवरात्री मनाउँछन् । भगवान् ब्रह्माले रूद्ररूपि शिवजीलाई उत्पन्न गरेको दिनको रुपमा  शिवको पूजा आरधना गरिन्छ । आजकै दिन शिव पार्वतीको विवाह भएको थियो । नेपालमा पशुपतिनाथ मन्दिर परिसर तथा देशैभरका शिवमन्दिरहरुमा यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

सृष्टिकालमा आज भगवान् शिव मध्यरात्रीकालमा ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको विश्वास गरिन्छ ।  शिवले ताण्डव नृत्य गर्दै तेस्रो नेत्र खोल्दा त्यसबाट निस्किएको ज्वालाले ब्रह्माण्डलाई समाप्त पार्ने प्रलयकालका रुपमा आजको दिनलाई लिइन्छ । आजकै दिनबाट ब्रम्हाले पनि नयाँ वैदिक शक्तियुक्त श्रृष्टिको शुरुवात गर्दछन् । त्यसैले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रीकै रात शिव पार्वतिको विवाह भएको विश्वास गरिने हुँदा, आज राती शिवजीको जन्ती निकालिन्छ ।

कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा पनि मनाउने गरेका छन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमायुक्त किर्तन गरी शिवरात्रीको ब्रत उत्सव मनाइन्छ । शिवरात्रीलाई धार्मिक अनुष्ठानको राजा दिन भनिन्छ । शिवरात्रीका बेला पूजन वा शिवार्चनमा इशानमूर्तिको दूधले स्नान गरिन्छ भने अघोरमूर्तिमा दहिले स्नान गराइन्छ ।

त्यस्तै वामदेवमूर्तिलाई घिउले र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।शिवभक्तहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार वटा रात्रीहरु विशेष रुपमा मनाउँदछन् । उक्त रात्रीमध्ये सवैभन्दा महत्वपूर्ण र पवित्र भएकाले शिवरात्रीलाई महाशिवरात्री भन्ने गरिएको हो । शिवले महाशिव महादेव र रात्री शब्दले अज्ञानतायुक्त अन्धकार बुझाउँदछ ।

त्यहि अज्ञानतायुक्त अन्धकारबाट मुक्त हुन शिवरात्रीका दिन शिवभक्ति गर्नुपर्ने मान्यता छ । शिवरात्रीलाई कष्टकर जीवन विताईरहेका समस्त प्राणीका हृदयमा शिव भाव छर्ने र उनीहरुको सुखमय दिनको शुरुवातको रेखा कोर्ने दिनका रुपमा लिइन्छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीका दिन उपवास बसी ॐ नमः शिवायू मन्त्र जपेमा, सर्वसिद्धी लाभ हुने विश्वास छ । यसो गर्दा यमलोक जानु नपर्ने धार्मिक विश्वास गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार