हिन्दूधर्मावलम्बीहरुले शिवको पूजा आरधना गरी शिवरात्री मनाउँछन् । भगवान् ब्रह्माले रूद्ररूपि शिवजीलाई उत्पन्न गरेको दिनको रुपमा शिवको पूजा आरधना गरिन्छ । आजकै दिन शिव पार्वतीको विवाह भएको थियो । नेपालमा पशुपतिनाथ मन्दिर परिसर तथा देशैभरका शिवमन्दिरहरुमा यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
सृष्टिकालमा आज भगवान् शिव मध्यरात्रीकालमा ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको विश्वास गरिन्छ । शिवले ताण्डव नृत्य गर्दै तेस्रो नेत्र खोल्दा त्यसबाट निस्किएको ज्वालाले ब्रह्माण्डलाई समाप्त पार्ने प्रलयकालका रुपमा आजको दिनलाई लिइन्छ । आजकै दिनबाट ब्रम्हाले पनि नयाँ वैदिक शक्तियुक्त श्रृष्टिको शुरुवात गर्दछन् । त्यसैले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रीकै रात शिव पार्वतिको विवाह भएको विश्वास गरिने हुँदा, आज राती शिवजीको जन्ती निकालिन्छ ।
कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा पनि मनाउने गरेका छन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमायुक्त किर्तन गरी शिवरात्रीको ब्रत उत्सव मनाइन्छ । शिवरात्रीलाई धार्मिक अनुष्ठानको राजा दिन भनिन्छ । शिवरात्रीका बेला पूजन वा शिवार्चनमा इशानमूर्तिको दूधले स्नान गरिन्छ भने अघोरमूर्तिमा दहिले स्नान गराइन्छ ।
त्यस्तै वामदेवमूर्तिलाई घिउले र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।शिवभक्तहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार वटा रात्रीहरु विशेष रुपमा मनाउँदछन् । उक्त रात्रीमध्ये सवैभन्दा महत्वपूर्ण र पवित्र भएकाले शिवरात्रीलाई महाशिवरात्री भन्ने गरिएको हो । शिवले महाशिव महादेव र रात्री शब्दले अज्ञानतायुक्त अन्धकार बुझाउँदछ ।
त्यहि अज्ञानतायुक्त अन्धकारबाट मुक्त हुन शिवरात्रीका दिन शिवभक्ति गर्नुपर्ने मान्यता छ । शिवरात्रीलाई कष्टकर जीवन विताईरहेका समस्त प्राणीका हृदयमा शिव भाव छर्ने र उनीहरुको सुखमय दिनको शुरुवातको रेखा कोर्ने दिनका रुपमा लिइन्छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीका दिन उपवास बसी ॐ नमः शिवायू मन्त्र जपेमा, सर्वसिद्धी लाभ हुने विश्वास छ । यसो गर्दा यमलोक जानु नपर्ने धार्मिक विश्वास गरिन्छ ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















