Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

यस्ता छन हेटौंडा उपमहानगरपालिकाको १८ वटा गौरबका योजना

81259504_2542629965996376-1578234510.jpg

सुनिल शिवाकोटी
२०पुस,हेटौँडा
।हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन  हुने र नगर भित्र गौरबका साथ हेरीएको १८ वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएको छ । 
उपमहानगरपालिका कार्यपालिकाको आईतबार (आज) बसेको वैठक सकिएलगत्तै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा  चालु आर्थिक वर्षमा गर्न संचालन हुन् १८ वटा महत्वपूर्ण विकाशे  कामको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख हरि बहादुर महतले आईतबार उपमहानगरपालिका कार्यपालिकाको आईतबार बैठकले पारित गरेको १८वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएका हुन। 

                   प्रदेश ३ सरकार र उपमहानगरपालिकाको साझेदारीमा संचालन हुने गौरबका योजनाहरु 

१.प्रदेश ३ सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका  लागि हेटौंडा १० मा रहेको टिसिएनको र हेटौँडा १० मा रहेको करिब १२ विघा खाली जग्गा उपलव्ध गराउने।
२.प्रदेश सरकारबाट बिनियोजित ३० करोड लागिनामा बन्ने एकिकृत वस्ती विकासका लागि हेटौंडा ८ नगरविकास समितिको ५ विघा, हेटौंडा १३ वनस्पती उद्यानको दक्षिणतर्फको ३.५ विघा र  हेटौंडा १५ फायरलाइनरोडको दक्षिणतर्फको ६कठ्ठा जग्गा उपलव्ध गराउने।
३.कृषि सुपर मार्केटका लागि हेटौँडा ११थानाभयाङ्मा २ विघा जग्गा उपलब्ध गराउने।
४.प्रदेश सरकारको २ करोड र उपमहानगपालिको २करोडमा बन्ने अटो भिलेजका लागि हेटौँडा १५ रातोमाटे र राप्ती नदी उकार क्षेत्रको करिब १५ विघा जग्गा उपलब्ध गराउने।

५.२करोड लगानीमा बन्ने अन्तराष्ट्रिय सभाहलका लागि हेटौँडा ४ स्थित भुटनदेवी स्कुलको करिब ३ विघा उपलब्ध गराउने।

६.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्न लागेको अपाङ्गता पुनरस्थापना केन्द्रका लागि हेटौँडा ७ स्मृती टोलमा ५ कठ्ठ जग्गा उपलब्ध गराउने।
७.प्रदेश सरकारबाट विनियोजित ५० लाखमा बन्ने सेफ हाउसका लागी आवश्यक पर्ने ५ कठ्ठा जग्गाकालागी हेटौँडा १० न्युरेनी वा हेटौँडा ७ स्मृती टोलमा उपलब्ध गराउने ।
८.प्रदेश सरकारको पहलमा बन्ने प्रदेश यातायात निगमका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक३ विघा जमिन उपलब्ध गराउने ।
९.प्रदेश पूर्वाधार निर्माण कम्पनिका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक ५ विघा जमिन उपलब्ध गराउने ।
१०.राष्ट्रिय परिक्षा बोर्डका लागि हेटौँडा २मा ५ कठ्ठा जमिन उपलब्ध गराउने।
११.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने ईन्जिनियरिङ प्रयोगशालाका लागि हेटौडा११ मा रहेको जल उपत्न्न प्रकोप नियन्त्रणको कार्यालय छेउको ५ कठ्ठा जमिन उपलब्ध गराउने ।
१२.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने बासुदेव स्मृति कमर्सियल भ्यूटावरका लागि आवश्यक पर्ने १ विघा जग्ग हेटौंडा ४ हेप्राचौरमा रहको सभागृह स्थलमा उपलब्ध गराउने ।
१३.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने एकीकृत चार्जिङ स्टेसनका लागि हेटौँडा १० बसपार्कमा आवश्यम जग्गा उपलब्ध गराउने ।
१४.प्रदेश सरकारबाट विनियोजित २.५करोडमा बन्ने घरेलु तथा औद्योगिक सामाग्री घर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडा ४ बासुदेव सभागृह स्थल, सिटि भ्युटावर भित्रै ५ कठ्ठा जग्गा उपलव्ध गराउने ।
१५.प्रदेशका सवै मन्त्रालय, प्रदेशसभा भवन लगायतका कार्यालयको लागि आवश्यक संभावित ठाउँहरुको लागि हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको ५४ बिघा जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको २७ बिघा जग्गा उपलब्ध गराउने।
१६.बसपार्क निर्माणका लागि हेटौंडा बसपार्कको साबिक स्थानको जग्गा उपलब्ध गराउने ।
१७.सामुदायिक आखा अस्पतालको थप भवन निर्माणका लागि अहिले आँखा अस्पताल भएको स्थान नजिक ५ कठ्ठा जग्गा उपलब्ध गराउने ।
१८.प्रदेश सरकारको २ करोड र उपमहानगरपालिकाको २ करोड लगानीमा बन्ने हेटौंडाको कर्रा करिडोर र चक्रपथ निर्माणका लागि काम सुरु भइसकेको ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार