Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

यस्ता छन हेटौंडा उपमहानगरपालिकाको १८ वटा गौरबका योजना

81259504_2542629965996376-1578234510.jpg

सुनिल शिवाकोटी
२०पुस,हेटौँडा
।हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन  हुने र नगर भित्र गौरबका साथ हेरीएको १८ वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएको छ । 
उपमहानगरपालिका कार्यपालिकाको आईतबार (आज) बसेको वैठक सकिएलगत्तै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा  चालु आर्थिक वर्षमा गर्न संचालन हुन् १८ वटा महत्वपूर्ण विकाशे  कामको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख हरि बहादुर महतले आईतबार उपमहानगरपालिका कार्यपालिकाको आईतबार बैठकले पारित गरेको १८वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएका हुन। 

                   प्रदेश ३ सरकार र उपमहानगरपालिकाको साझेदारीमा संचालन हुने गौरबका योजनाहरु 

१.प्रदेश ३ सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका  लागि हेटौंडा १० मा रहेको टिसिएनको र हेटौँडा १० मा रहेको करिब १२ विघा खाली जग्गा उपलव्ध गराउने।
२.प्रदेश सरकारबाट बिनियोजित ३० करोड लागिनामा बन्ने एकिकृत वस्ती विकासका लागि हेटौंडा ८ नगरविकास समितिको ५ विघा, हेटौंडा १३ वनस्पती उद्यानको दक्षिणतर्फको ३.५ विघा र  हेटौंडा १५ फायरलाइनरोडको दक्षिणतर्फको ६कठ्ठा जग्गा उपलव्ध गराउने।
३.कृषि सुपर मार्केटका लागि हेटौँडा ११थानाभयाङ्मा २ विघा जग्गा उपलब्ध गराउने।
४.प्रदेश सरकारको २ करोड र उपमहानगपालिको २करोडमा बन्ने अटो भिलेजका लागि हेटौँडा १५ रातोमाटे र राप्ती नदी उकार क्षेत्रको करिब १५ विघा जग्गा उपलब्ध गराउने।

५.२करोड लगानीमा बन्ने अन्तराष्ट्रिय सभाहलका लागि हेटौँडा ४ स्थित भुटनदेवी स्कुलको करिब ३ विघा उपलब्ध गराउने।

६.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्न लागेको अपाङ्गता पुनरस्थापना केन्द्रका लागि हेटौँडा ७ स्मृती टोलमा ५ कठ्ठ जग्गा उपलब्ध गराउने।
७.प्रदेश सरकारबाट विनियोजित ५० लाखमा बन्ने सेफ हाउसका लागी आवश्यक पर्ने ५ कठ्ठा जग्गाकालागी हेटौँडा १० न्युरेनी वा हेटौँडा ७ स्मृती टोलमा उपलब्ध गराउने ।
८.प्रदेश सरकारको पहलमा बन्ने प्रदेश यातायात निगमका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक३ विघा जमिन उपलब्ध गराउने ।
९.प्रदेश पूर्वाधार निर्माण कम्पनिका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक ५ विघा जमिन उपलब्ध गराउने ।
१०.राष्ट्रिय परिक्षा बोर्डका लागि हेटौँडा २मा ५ कठ्ठा जमिन उपलब्ध गराउने।
११.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने ईन्जिनियरिङ प्रयोगशालाका लागि हेटौडा११ मा रहेको जल उपत्न्न प्रकोप नियन्त्रणको कार्यालय छेउको ५ कठ्ठा जमिन उपलब्ध गराउने ।
१२.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने बासुदेव स्मृति कमर्सियल भ्यूटावरका लागि आवश्यक पर्ने १ विघा जग्ग हेटौंडा ४ हेप्राचौरमा रहको सभागृह स्थलमा उपलब्ध गराउने ।
१३.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने एकीकृत चार्जिङ स्टेसनका लागि हेटौँडा १० बसपार्कमा आवश्यम जग्गा उपलब्ध गराउने ।
१४.प्रदेश सरकारबाट विनियोजित २.५करोडमा बन्ने घरेलु तथा औद्योगिक सामाग्री घर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडा ४ बासुदेव सभागृह स्थल, सिटि भ्युटावर भित्रै ५ कठ्ठा जग्गा उपलव्ध गराउने ।
१५.प्रदेशका सवै मन्त्रालय, प्रदेशसभा भवन लगायतका कार्यालयको लागि आवश्यक संभावित ठाउँहरुको लागि हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको ५४ बिघा जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको २७ बिघा जग्गा उपलब्ध गराउने।
१६.बसपार्क निर्माणका लागि हेटौंडा बसपार्कको साबिक स्थानको जग्गा उपलब्ध गराउने ।
१७.सामुदायिक आखा अस्पतालको थप भवन निर्माणका लागि अहिले आँखा अस्पताल भएको स्थान नजिक ५ कठ्ठा जग्गा उपलब्ध गराउने ।
१८.प्रदेश सरकारको २ करोड र उपमहानगरपालिकाको २ करोड लगानीमा बन्ने हेटौंडाको कर्रा करिडोर र चक्रपथ निर्माणका लागि काम सुरु भइसकेको ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार