१ माघ, हेटौँडा । हेटौँडा–६ स्थित दिव्यनगरमा ५० बर्षपछि खानेपानी धारा जडान भएपछि खुशीयाली आएको छ ।
२०२६ सालमा हेटौँडा नगरपालिका स्थापना भएदेखि नै खानेपानीको माग गर्दै आएका स्थानीयले बुधबार पहिलो पटक गाउँमा खानेपानी धारा शुभारम्भ गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले दिव्यनगरमा पहिलो पटक जडान भएको स्थानीय केदार अधिकारीको घरको धारा उद्घाटन गरेका छन् ।
‘२०२६ सालपछि अहिलेसम्म स्थानीयको एउटै माग खानेपानी थियो, ५० बर्षपछि अहिले त्यो माग पुरा भएको छ ।’–उनले भने । स्थानीय तहको निर्वाचन भएसंगै जनताको माग अनुसार पहिलो प्राथमिकतामा राखेर खानेपानीको योजना अघि बढाएको उनले बताए । अध्यक्ष चौलागाईका अनुसार दिव्यनगर क्षेत्रको करिव ५० घरधुरीका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ को १५ लाख रुपैँया र हेटौँडा खानेपानी बोर्डको १५ लाख रुपैँया गरी ३० लाख रुपैँया लगानीमा पाईप लाईन पुर्याईएको छ ।
पाइप लाईन पुगेपछि स्थानीयले धमाधम खानेपानी धारा जडानका लागि आवेदन दिन शुरु गरेका छन् । ‘जतिपटक चुनाव आउँदा पनि हामीले उम्मेदवारहरुसंग खानेपानी योजनाको माग गर्ने गरेका थियौं ।’–धारा जडानपछि उत्साही अधिकारीले भने–‘बर्षौपछि अहिले गाउँमा सरकारी लगानीमा खानेपानी पाईप विस्तार भएको छ ।’ यस क्षेत्रका स्थानीय यसअघि एउटा ट्यांकीमा जंगलबाट पानी जम्मा गरी दुःखजिलो गरेर काम चलाउँदै आएका थिए ।
भुकम्पछि त्यो पानीको मुहान पनि सुकेपछि गाउँले काकाकुल झैं भएका थिए । खानेपानी पाईप विस्तार भएपछि ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या अन्त्य भएको उनीहरुको भनाई छ ।
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...

















