हेटौंडा-६ मा फागु पूर्णिमामा रमाइलो गरिंदै।
फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहनगरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउनेफागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जनाराक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवानविष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो ।
एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ।
भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।
साभार : विकिपेडिया
१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच...
१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...
१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...
१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...
१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...
१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...
१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...
१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
११ चैत, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएका छन्। उनलाई सोमबार...