घलेगाउँ
२० फागुन, हेटौंडा । लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं ३ स्थित अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको गाउँ हो घलेगाउँ । दक्षिण एशियाकै नमूना होमस्टेको रुपमा परिचित घलेगाउँमा पाईने आतिथ्यता र प्रकृतिको मनोरम दृष्यावलोकनका लागि पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । तनहुँको डुम्रेबाट उत्तरतर्फ लागेपछि लमजुङको सदरमुकाम बेसीशहर पुगिन्छ । बेसीशहरबाट मनाङ जाने बाटो छोडेर उत्तरपश्चिम अर्को बाटो हुँदै पुमा गाउँ, बाग्लुङपानी, कपुर गाउँजस्ता साना बजारहरु छिचोल्दै ४ घण्टामा सडक सञ्जालबाटै पुग्न सकिने घलेगाउँ प्रकृति र शान्त वातावरण खोज्नेहरुका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । रातो छानाले छाएका घलेगाउँमा रहेका घरहरुमा पाहुनाहरुलाई आफ्नो क्षमता अनुसार आवास र सत्कारको व्यवस्था गरिएको छ । घलेगाउँमा गाउँमै उत्पादन भएको परिकार पस्कने गरिन्छ । घले गाउँमा गुरुङ समुदायको ९५ प्रतिशत उपस्थिति संगै जनजाति र दलित समुदायको बसोबास छ । विहान गोर्खा पार्कबाट सूर्योदयको मज्जा लिन र हिमाललाई नजिक आँखै अगाडि देख्न पाईने त्यो दृष्यको वर्णन शव्दमा गर्न सकिंदैन । घलेगाउँ नजिक रहेको घनपोखरा, उत्तरकन्या मन्दिर र कुवा, त्यसनजिकको गुम्बा, चिया बगान, संग्राहलय जस्ता घुम्ने स्थान रहेका छन् । साँझपख देखाईने घाटु नाचसहितको दोहोरीले पर्यटकलाई मन्त्रमुग्ध बनाउँदछ । एकैदिनमा पुग्न सकिने, ग्रामिण परिवेश र प्रकृतिको आनन्द लिन चाहनेहरुले एकपटक घलेगाउँ पुग्नै पर्छ ।
तस्विरहरु : रुपेश दुलाल/भरत सापकोटा/नवराज न्यौपाने
घलेगाउँबाट देखिएको हिमश्रृंखला
उत्तरकन्या मन्दिर अगाडिको चौर
घलेगाउँबाट देखिएको हिमश्रृंखला
घलेगाउँ
घलेगाउँमा बनाईएको दाउराको भकारी आकारको चाँङ
पुमा गाउँबाट देखिएको हिमश्रृंखला
घलेगाउँमा राडि बुन्दै एक बृद्धा
घलेगाउँ जाने बाटो
उत्तरकन्या मन्दिर
घलेगाउँ
घलेगाउँ जाने बाटोबाट देखिएको हिमश्रृंखला
घलेगाउँ जाने बाटोबाट देखिएको बेसीशहरतर्फको दृष्य
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















