८ चैत, हेटौंडा । नेपाल उद्योग बाणिज्य संघ अन्तरगत ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तरक्रिया हेटौँडामा कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता एवं ३ नम्बर तदर्थ समितिका संयोजक अरुणराज सुमार्गीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचना अनुसारको संगठन निर्माणमा लागि परेको बताए ।
आसन्न महासंघको निर्वाचनमा आफूलाई बरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरेका महासंघका उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले आर्थिक रुपमा दुर्घटना निम्त्याएको बताए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले महासंघको आसन्न महासंघमा जिल्ला नगरको तर्फबाट आफूले पनि सदस्य पदका लागि उम्मेदवारी दिएकोले आफूलाई सबैले साथ र समर्थन दिन आग्रह गरे ।
प्रादेशिक संरचना अनुसार ३ नम्बर प्रदेश भित्रका १३ वटा जिल्लामा नगर र जिल्ला गरी १६ बटा उद्योग वाणिज्य संघहरु रहेका छन् । महासंघको पदाधिकारी हुनका लागि कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने महासंघको परिवर्तित विधानमा व्यवस्था गरेको छ । कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, मउवासंघका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















