Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अन्तरक्रिया सम्पन्न

MCCI-p-1490080400.JPG

८ चैत, हेटौंडा । नेपाल उद्योग बाणिज्य संघ अन्तरगत ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तरक्रिया हेटौँडामा कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम भएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता एवं ३ नम्बर तदर्थ समितिका संयोजक अरुणराज सुमार्गीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचना अनुसारको संगठन निर्माणमा लागि परेको बताए ।

आसन्न महासंघको निर्वाचनमा आफूलाई बरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरेका महासंघका उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले आर्थिक रुपमा दुर्घटना निम्त्याएको बताए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले महासंघको आसन्न महासंघमा जिल्ला नगरको तर्फबाट आफूले पनि सदस्य पदका लागि उम्मेदवारी दिएकोले आफूलाई सबैले साथ र समर्थन दिन आग्रह गरे । 

प्रादेशिक संरचना अनुसार ३ नम्बर प्रदेश भित्रका १३ वटा जिल्लामा नगर र जिल्ला गरी १६ बटा उद्योग वाणिज्य संघहरु रहेका छन् । महासंघको पदाधिकारी हुनका लागि कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने महासंघको परिवर्तित विधानमा व्यवस्था गरेको छ । कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, मउवासंघका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार