१ चैत, हेटौंडा । हेटौंडा–१७ चुनडाँडाका स्थानीयले कान्तिलोकपथ बन्दको चेतावनी दिएका छन् । शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिएका छन् । शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने समस्या भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिका, शिवम् लगायत सरोकारवाला निकायमा जानकारी गराएका छन् ।
धुलो र हिलोका कारण त्यस क्षेत्रका स्थानीय बस्नै नसक्ने अवस्थामा पुगेको र स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले सडक स्तरोन्नति गर्दै धुलो र हिलो नियन्त्रणको माग गरेको लक्ष्मी बंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिनाले बताए । कान्तिलोकपथबाट शिवम्सम्म जाने सडक कच्ची हुँदा सो सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो कान्तिलोकपथसम्म आउँदै त्यस क्षेत्रमा दिनभर हिलाम्मे र धुलाम्मे हुने गरेको छ । बेलैमा समस्या समाधान नभए सवारी दुर्घटनाको जोखिमसमेत रहेकोले सचेतना अभिबृद्धि गर्दै आन्दोलन थालेको स्थानीय दामोदर दाहालले बताए ।
शनिबार भएको सरसफाई कार्यक्रममा हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, समाजसेवी लक्ष्मण कटुवाल, युवा नेता नवराज न्यौपाने, चुच्चेखोला टोल विकास टोल विकास संस्थाका अध्यक्ष अमित कँडेल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष रच्युत देवकाटा लगायतको सहभागिता रहेको थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













