१६ चैत, हेटौँडा । राजकुमार न्यौपाने मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । मकवानपुर उद्योग बाणिज्य संघ २०६२/०६३ को जनआन्दोलनको पक्षमा मैदानमै उत्रिएको एक संस्था । तर त्यही संस्थाको अध्यक्ष न्यौपाने पटक पटक विवादास्पद भाषण गर्ने गर्छन् । पछिल्लो विवादास्पद भाषण भने न्यौपानेले ३ दिन अघि दिएका छन्, कार्यक्रम थियो उपप्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको स्वागत तथा सम्मान कार्यक्रम ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले २५ मिटर सडक विस्तारको प्रसंग शुरु गरे । आफु सडक विस्तारको काम रोक्न धेरैतिर धाएको बताउँदै उनले कमल थापाकै पहलमा हेटौँडामा २५ मिटर सडक विस्तारको काम रोकिएको बताए । बाईपासको अवधारणा गृहजिल्लाबासी समेत रहेका थापाले नै स्विकारेको लगायतका अनेक फुँदा गाँसेर थापालाई फुर्क्याउने कोशिस गरे । मुसुमुसु हाँसिरहेका थापालाई फुर्क्याउने क्रममा हौसिएका न्यौपानेले अचानक कथाको पात्र बनिसकेका राजालाई सम्झिए । उनले राजा नहुँदा घरमा अभिभावक नभएजस्तो भयो भने । उनले थपे ‘राजा भईदिएका भए हामीले विन्तिपत्र त हाल्न पाउथ्यौं, सडक विस्तार रोक्न ।’ उनले २५ मिटर पीडितले कही जाँदा पनि सान्त्वना नपाएको भन्दै राजा भईदिएको भए समस्या समाधान हुने आशा व्यक्त गरे । उनले यस्तो अभिव्यक्ति दिईरहदा लोकतन्त्रका लागि मैदानमा उत्रिएको मकवानपुर उद्योग बाणिज्य संघको सभाहलमा केहीले ताली बजाईरहेका थिए र केही भने न्यौपानेको अभिव्यक्तिप्रति आश्चर्य मानिरहेका थिए । न्यौपानेको अभिव्यक्ति सुनेर कार्यक्रममा उपस्थित पत्रकार पनि मुखामुख गरिरहेका थिए । कार्यक्रम सकिएपछि न्यौपानेसँग प्रतिक्रिया लिंदा आफुले जहाँसुकै पनि राजा भईदिएको भए विन्तिपत्र हाल्न पाईने बताएको प्रतिक्रिया दिए । तर न्यौपानेले विभिन्न क्षेत्रमा बुझाएको ज्ञापनपत्रबारे चाही भुलेछन् ।
लोकतन्त्रको पक्षधर संस्थाको अध्यक्षले व्यक्तिगत अभिव्यक्ति दिएको कि संस्थागत भन्ने संचारकर्मीको जिज्ञासामा उनले यसलाई जसरी बुझ्दा पनि हुने जवाफ दिए । उनीसँगै रहेका मउवासंघका केही पदाधिकारीले भने न्यौपानेले आवेगमा आएर यस्तो अभिव्यक्ति दिएको भन्दै यसले संस्थाको गरिमामा आँच पुग्ने प्रतिक्रिया दिए ।
न्यौपानेको यो पहिलो विवादास्पद भाषण होइन, यसअघि न्यौपानेले पालुङमा पनि यस्तै विवादास्पद भाषण दिएका थिए । उनको भाषणले केहीबेर कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो । थाहानगर उद्योग बाणिज्य संघले तत्कालीन भारतीय राजदुत रन्जित रे लाई गरेको स्वागत तथा सम्मान कार्यक्रममा न्यौपानेले विवादास्पद भाषण दिए । भारतको लामो नाकाबन्दीका कारण दुःख खेपेका नेपालीलाई थप पीडा हुने गरी उनले भारतको चाकडि भाषणमार्फत गरे ।
राजदूत रे लाई फुरुङ्ग पार्ने उद्देश्यले भाषण गरेका उनले भाषण गर्दै जाँदा आप्mनो पदिय मर्यादा र जनभावना नै विर्सिए । भाषणका क्रममा उनले भने–‘भारतके विना हाम् जि नही सक्ते......’ अर्थात भारतबिना हामी बाँच्न सक्दैनौं । यो र त्यसपछि एकोहोरो भारतको गुणगान गाईरहँदा त्यहाँ उपस्थित सहभागीमाझ उनी मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्ष हुन कि भारतीय दुतावासको कर्मचारी छुट्टयाउन गाह्रो परेको अभिव्यक्त थियो । उनले कार्यक्रममा एक मगन्तेको शैलीमा एक दर्जन योजना भारतीय दुतावासलाई बनाई दिन आग्रह गरे । त्यसदिनको न्यौपानेको अभिव्यक्तिको विरोध केहीबेरमै सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यसमा पनि उनले चित्तबुझ्दो जवाफ दिएनन् ।
न्यौपानेले केही समयअघि मकवानपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई सम्मान कार्यक्रम राखे । नाकाबन्दीको समयमा जनताले महंगी र अभावको मार खेपेका थिए र त्यसलाई सहज बनाउनु भन्दा व्यवसायीलाई कालोबजारीमा मद्धत गरेको आरोप प्रमुख जिल्ला अधिकारी थपलियालाई लागेको थियो । विरोधका बाबजुद सम्मान गर्न खोजेपछि केही व्यवसायीले कार्यक्रमस्थलमै अवरोध गरे । न्यौपानेले त्यसबेला पूर्वप्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सामु उद्योग बाणिज्य संघको साख नै घटाउने काम गरेको कार्यक्रममा व्यवसायीहरु बताईरहेका थिए ।
संस्थाको नेतृत्वले संस्थाको मूल मर्मलाई कहिल्यै विर्सन नहुने संघमै रहेका कार्यसमितिका पदाधिकारीहरु बताउँछन् । त्यसैले नेतृत्वले अभिव्यक्ति दिंदा ख्याल गर्नुपर्ने उनीहरुको धारणा छ । तर न्यौपाने आफुले गरेका सबै ठिक भन्ने स्वभावका रहेकाले उनको गतिविधिले संस्थाको प्रतिष्ठामा आँच आईरहेकाले आगामी दिनमा उनीमाथि प्रश्न उठाउने सोचमा ति पदाधिकारीहरु रहेका छन् । संघमा रहेका अग्रजले पनि उनको गलत कार्यमा औंला ठड्याउनुपर्ने उनीहरुको भनाई छ ।
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...


-1780361868.jpg)











-1779500375.jpg)



