Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर मृतकको संख्या ९५ हजार नाघ्यो 

111-1586481876.jpg

२८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मर्नेको संख्यामा पुनः बृद्धि भएको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । यसअघि अघिल्लो दिन कोरोना संक्रमणबाट ६ हजार ३ सय ९७ जनाको मृत्यु भएको थियो ।  
अहिलेसम्म कोरोना संक्रमणबाट कुल ९५ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ भने विश्वभर १६ लाख ३ हजार ७३ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार १० जना कोरोना संक्रमित संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख ५६ हजार ३ सय ३७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४९ हजार १ सय ५८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने ११ लाख २ हजार १ सय ४९ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा अहिलेसम्म १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । 
इटालीमा पछिल्लो समय ६ सय १० जना मृतक थपिएका छन् भने  ४ हजार २०४ जना नयाँ संक्रमित थपिएका छन् । 
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ९ सय जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १६ हजार ६ सय ९१ पुगेका छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको दोश्रो स्थानमा उक्लिएको छ । यस अघि इटाली पछि सबैभन्दा बढी मानिसको मृत्यु स्पनेमा भएको थियो ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएपछि यहाँ ४ लाख ६८ सय ५ सय ६६ जना संक्रमित पुगेको छन । 
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । स्पेनमा ७ सय ४७ जना थप मानिको मृत्यु भएको छ भने ६ हजार २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा एकैदिन १ हजार ३ सय ४१ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १२ हजार २ सय १० पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख कटेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यहाँ कुल संक्रमितको संख्या १ ला १७ हजार ७ सय ४९ पुगेकोे छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ७ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ८ सय ८१ जनाको मृत्यु भएको छ । 
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार १ सय १०, जर्मनीमा २ हजार ६ सय ७, बेल्जियममा २ हजार ५ सय २३ र नेदरल्याण्डसमा २ हजार ३ सय ९६जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा २ जनाको मृत्यु भएको छ भने ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार