Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित

729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-० गोलको फराकिलो अन्तरले विजयी भएको हो । 
पोर्चुगलका लागि रोनाल्डोले दुई, नुनो मेन्डिज र राफेल निओलले समान एक गोल गरे । उज्वेकिस्तानका अब्दुलोभ खुसानोभले आत्मघाति गोल गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो ।
पहिलो हाफको छैटौँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । जोआओ क्यान्सिलोको क्रस पासलाई सदुपयोग गर्दे उनले बललाई जाली चुमाएका थिए । खेलको १६ औँ मिनेटमा नुनो मेन्डिजले गोल गर्दै टोलीको अग्रता बढाए। ३९ औँ मिनेटमा ब्रुनो फर्नान्डिजको पासलाई रोनाल्डोले गोलमा परिणत गरे । ८७ औँ मिनेटमा राफेलले गोल गरेका थिए । 
पहिलो हाफको २८ औँ मिनेटमा उज्वेकिस्तानका अब्दुलाह अब्दुलेभले बललाई जाली चुमाएका थिए । तर त्यसअघि फाउल भएको भीएआरमार्फत प्रमाणित भएपछि उक्त गोलले मान्यता पाउन सकेन । रोनाल्डोले उज्वेकिस्तानविरुद्धको खेलबाट कीर्तिमानै कीर्तिमान बनाएका छन् । रोनाल्डो २००६ देखि हालसम्मका ६ वटै संस्करणमा गोल गर्ने खेलाडी बनेका छन् ।
जितसँगै पोर्चुगलले तालिकामा चार अंक जोडेको छ । पहिलो खेलमा डीआर कंगोसँग बराबरीमा रोकिँदा पोर्चुगलले एक अंक पाएको थियो । उज्वेकिस्तानसँगको जितपछि पोर्चुगलले  तीन अंक पाएको छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार