१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभाले उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम गरिनुका साथै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विकास र विस्तार गरिनुका साथै असल अभ्यासका कार्यक्रमहरुलाई आगामी वर्ष पनि गरिने जनाइएको छ ।
नीति कार्यक्रममा एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गरिने बताए । कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार गरिने, बाँझो जमीन नराखौं, उत्पादन बढाऔँ भन्ने हेतका साथ कृषिलाई आधुनिक र व्यवसायिक बनाउने बताए ।
अध्यक्ष मुक्तानले स्वास्थ्यतर्फ वीपी स्मृती कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरि आकस्मिक स्वास्थ्य सेवा गरिने बताए । कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ अभियान सञ्चालनलाई निरन्तरता रहने बताउँदै जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम गरिने बताए । सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्दै बक्यौता, पेश्की तथा बेरुजु फछर्यौटलाई प्राथमिकता दिई शुन्य बेरुजुतर्फ उन्मुखतर्फ गाउँपालिका जाने नीति लिएको बताए ।
सभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार बजेट प्रस्तुत गरेका हुन् । उनले बजेटमा आयतर्फ संघको वित्तीय समानीकरणमा रु.९ करोड ८९ लाख, शर्सतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रहेको छ भने प्रदेशतर्फ वित्तीय समानीकरणमा रु. ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ रहेको प्रस्तुत गरेका छन् । गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
त्यस्तै, व्यवतर्फ आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ रहेको छ । सभामा आव २०८३/०८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक,२०८३, र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित समेत भएको छ ।
१० चेली सम्मानित
गाउँपालिकाले १८ औँ गाउँसभामा १० जना चेलीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा वडा २ को मुना चेपाङ, वडा ४ को शान्तिमाया मुक्तान, वडा ६ का सावित्री अधिकारी, वडा ९ का संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा, वडा १० का फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।
गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर कक्षा १२ उर्तीण गरि २० वर्ष पुरा भई विवाह गर्ने चेलीहरुलाई गाउँसभामा प्रोत्साहन स्वरुप सम्मान गर्ने गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।
नीति तथा कार्यक्रममा बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसको न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना पुग्ने हिसाबले नीति तथा कार्यक्रममा समेट्दै चेलीहरुलाई सम्मान गरिएको उनले बताए ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















