Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

लागुपदार्थ दुर्व्यसनीमा युवाको संख्या बढ्दैः अध्यक्ष मुक्तान

617514577_122164430993889-1769436425.jpg

१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् ।  सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए । गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोगमा युवाको संख्या वृद्धि भइरहेको उनले बताए । लागुपदार्थ प्रयोग न्यूनिकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिरहेको अवस्थामा सयौं नागरिक  भरियाको रुपमा समातिरहेका छन्, त्यसलाई पनि न्यूनिकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित कार्यक्रम गरि अभिभावकलाई सचेत गराउन लागिएका हौैैँ, अध्यक्ष मुक्तानले भने । 
लागुऔषधले स्वास्थ्यमा असर पर्नुका साथै कानुनी उपचारले जीवनशैलीमा समेत असर पर्नेछ, चुरोटखैनीबाट सुरु भएको कुलत गाजाँहुँदै ब्राउनसुगर सम्म पुग्ने उनले बताए । पछिल्लो समय किशोरमात्र नभई किशोरीहरु पनि प्रयोगकर्ताको रुपमा बढ्दै गइरहेको अवस्था रहेको छ । गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउनुपर्नेमा उनले जोड दिए । सकरात्मक सोच गरौँ कुलतमा नफसौ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले यस कार्यक्रम आयोजना गरेको उनले बताए । 
गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा  सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रवन्धक निर्देशक संदीप शाक्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यामिक विद्यालयमा उक्त सचेतना कार्यक्रम गर्नेछन् । सोमबार नै कैलाश १० मा रहेको रत्न ज्योति माध्यामिक विद्यालयमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार