Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

595187776_398401971518004-1765288045.jpg

२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियानको मंगबार समापन गरिएको हो । 
कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा जेष्टनागरिक शाखा प्रमुख रमिला सापकोटाले बताईन् ।  कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थी लक्षित अभियानमा करिब पाँच सय विद्यार्थीको प्रत्यक्ष संलग्न गराइएको सापकोटाले बताइन् ।  
सोमबार वडा २ मा रहेको कमलादेवी माविका अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक एंव वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङको प्रमुख आतिथ्यता अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिसिङले शिक्षा भनेको तेस्रो आँखा हुन्, शिक्षा बिना केही पनि गर्न नसक्ने बताए । बाल विवाहले विकराल रुप लिदैँ गइरहेको अवस्थामा बालबालिकालाई बालविवाह कानुनी अपराध हो भनेर बुझ्नुपर्ने बताए । 
उनले बालविवाह मात्र नभई हाम्रो समाजमा प्रविधिको दुरुपयोगले हिंसाको घटना पनि बढिरहेको अवस्था रहेका बताए ।सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका रहिरहेकाले बालबालिका त्यसतर्फ सजग बन्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटा, विद्यालयका राम यकवाल यादव, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो । 
सोमबारै कैलाश ६ मा अवस्थित व्यास माविका विद्यार्थीहरुको सहभागितामा अभियान सञ्चालन गरि कार्यक्रमको समापन गरिएको हो । उक्त विद्यालयमा विद्यालयका सहायक प्रअ प्रकाश परियार, शिक्षक प्रेमबहादुर नेगी लगायतको आतिथ्यता रहेको थियो । यस अघि कैलाश १० मा रहेको रत्नज्योति मावि, कैलाश ३ को भवानी मावि र कैलाश ८ को धुवाङ माविका विद्यार्थीहरुलाई प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल भावका साथ कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख सापकोटाले बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार