Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

निर्धारित समयमै योजना सम्पन्न गर्नुपर्नेःअध्यक्ष मुक्तान

617544175_132855377262421-1769607659.jpg

१४ माघ, हेटौंडा ।  कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजनाहरु सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् । 
गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा पुग्नेगरि कार्यान्वयन गर्न कर्मचारी र वडागत जनप्रतिनिधिहरुलाई आवश्यक समन्वय गर्न आग्रह गरेका छन् । उनले शाखागत कार्यसम्पादन र मुल्याकंन राम्रो छ, वित्तीय सुशासन कायम राख्नु पर्ने भएकाले वडातह देखी गाउँपालिकासम्म ध्यान दिनुपर्ने बताए ।  वडामा रहेका योजनाहरुलाई समयसीमा नै कार्य गर्न वडाअध्यक्षलाई समेत आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेका छन्।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले योजना निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउँदै राजस्व संकलनमा पनि ध्यान दिनुपर्ने बताए । योजनाहरु कार्यान्वयन गर्न समस्या भए आवश्यक समन्वय र सहकार्य गरिने छ, विगतको भन्दा यस वर्ष खर्च प्रगतिमा कमी आएकोले त्यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको उनले बताए । 
कार्यक्रममा सम्बन्धित शाखा प्रमुख, वडा सचिवले चालु आवको पुस मसान्त सम्म भएका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त अनुदान निकासा खर्च २८।७२ प्रतिशत गरेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुदानमा ५।६६ प्रतिशत भएको छ । त्यस्तै, गाउँपालिका तथा वडागत कार्यक्रम र अर्धवार्षिक खर्च प्रगतिमा १०।७८ प्रतिशत भएको छ । क्षेत्रगत बजेट तथा खर्च प्रगति भने २५।४८ प्रतिशत रहेको छ । सबै अनुदानतर्फको खर्च प्रगतिमा चालुतर्फ ३६।७९ प्रतिशत र पुजीँगततर्फ ८।०२ प्रतिशत रहेका छ । समग्रमा भने २५।४८ प्रतिशत खर्च प्रगति रहेको देखिन्छ ।   
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, १ नं।का वडा अध्यक्ष तेज बहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आषिश प्रजा, ९ का अध्यक्ष भूवन सिं घलान, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य सुन्तली सुनार र गोरीमाया भुलुनको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार