Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

निर्धारित समयमै योजना सम्पन्न गर्नुपर्नेःअध्यक्ष मुक्तान

617544175_132855377262421-1769607659.jpg

१४ माघ, हेटौंडा ।  कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजनाहरु सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् । 
गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा पुग्नेगरि कार्यान्वयन गर्न कर्मचारी र वडागत जनप्रतिनिधिहरुलाई आवश्यक समन्वय गर्न आग्रह गरेका छन् । उनले शाखागत कार्यसम्पादन र मुल्याकंन राम्रो छ, वित्तीय सुशासन कायम राख्नु पर्ने भएकाले वडातह देखी गाउँपालिकासम्म ध्यान दिनुपर्ने बताए ।  वडामा रहेका योजनाहरुलाई समयसीमा नै कार्य गर्न वडाअध्यक्षलाई समेत आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेका छन्।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले योजना निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउँदै राजस्व संकलनमा पनि ध्यान दिनुपर्ने बताए । योजनाहरु कार्यान्वयन गर्न समस्या भए आवश्यक समन्वय र सहकार्य गरिने छ, विगतको भन्दा यस वर्ष खर्च प्रगतिमा कमी आएकोले त्यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको उनले बताए । 
कार्यक्रममा सम्बन्धित शाखा प्रमुख, वडा सचिवले चालु आवको पुस मसान्त सम्म भएका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त अनुदान निकासा खर्च २८।७२ प्रतिशत गरेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुदानमा ५।६६ प्रतिशत भएको छ । त्यस्तै, गाउँपालिका तथा वडागत कार्यक्रम र अर्धवार्षिक खर्च प्रगतिमा १०।७८ प्रतिशत भएको छ । क्षेत्रगत बजेट तथा खर्च प्रगति भने २५।४८ प्रतिशत रहेको छ । सबै अनुदानतर्फको खर्च प्रगतिमा चालुतर्फ ३६।७९ प्रतिशत र पुजीँगततर्फ ८।०२ प्रतिशत रहेका छ । समग्रमा भने २५।४८ प्रतिशत खर्च प्रगति रहेको देखिन्छ ।   
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, १ नं।का वडा अध्यक्ष तेज बहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आषिश प्रजा, ९ का अध्यक्ष भूवन सिं घलान, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य सुन्तली सुनार र गोरीमाया भुलुनको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार