Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न

IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र कार्यक्रम थप गरेको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रकम थप गरी ३६ वटा नयाँ योजना थप  गरेको हो ।
बुधबार सम्पन्न १७ हिउँदे अधिवेशन तथा गाउँसभाले सो योजना र कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले गाउँसभामा थप रकम सहितका ३६ नयाँ योजना र कार्यक्रम प्रस्तुत  गरेका थिए । प्रस्तुत गरेका योजना र कार्यक्रम पारित भएको हो।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्षको लागि २२ करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा  बुधबारको १७ औँ गाउँसभाले बजेट संशोधन गरेको हो। संशोधनसहित गाउँपालिकाले बजेट २४ करोड ९१ लाख ५३ हजार रुपैयाँ बनाएको छ । 
गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको हो। गाउॅंसभाले १७ वटा कार्यक्रमको रकम संसोधन गरेको छ । गाउँसभाबाट चालुतर्फ १४ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ । 
गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको सभाध्यक्षतामा भएको  १७ औ गाउँसभाले  गाउपालिकाको आर्थिक कार्यविधि तथी वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,बेरुजु फस्यौट कार्यविधि २०८२, पालिकाको लेखा समिति गठन तथा संचालन कार्यविधि २०८२ गाउॅंपालिकाको गाउॅं सभा सचिवालय स्थापना तथा कार्य संचालन कार्यविधि लगायतका ४ वटा प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव विद्यायन समिति संयोजक भुवन सिंह घलानको प्रस्तुत गरेका थिए । 
गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार