२९ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ७ हजार ९ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख नाघेको हो ।
अहिलेसम्म कोरोना संक्रमणबाट कुल १ लाख २ हजार ६ सय ९२ पुगेको छ भने विश्वभर १६ लाख ९७ हजार ८ सय २ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार १ सय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख ७६ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४९ हजार ८ सय ३१ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने ११ लाख ६९ हजार ९४ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो ।
इटालीमा पछिल्लो समय ५ सय ७० जना मृतक थपिएका छन् भने ३ हजार ९ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा एकै दिन २ हजार ४३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या १८ हजार ७ सय २५ पुगेका छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको दोश्रो स्थानमा उक्लिएको छ । यस अघि इटाली पछि सबैभन्दा बढी मानिसको मृत्यु स्पनेमा भएको थियो ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ७ सय ५२ जना नयाँ संक्रमित थपिएपछि यहाँ ५ लाख २ हजार ३ सय १८ जना संक्रमित पुगेको छन ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ८१ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जना थप मानिको मृत्यु भएको छ भने ५ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ९ सय ८७ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १३ हजार १ सय ९७ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ७ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ड हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ९ सय ८० जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, र नेदरल्याण्डसमा २ हजार ५ सय ११, ब्राजिलमा १ हजार ६८ र स्विटजरल्याण्डमा १ हजार २ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा थप १ जनाको मृत्यु भएको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

