Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शुभकामना दौडमा आर्मीको कव्जा

Running-Photo-1-1492148696.jpg

१ बैशाख, हेटौँडा । नेपाली काँग्रेस एवं नेपाल तरुण दल हेटौँडा–६ ले नयाँ बर्षको अवसरमा गरेको ‘शुभकामना खुल्ला दौड प्रतियोगिता’ को उपाधी आर्मीले कव्जा गरेको छ । प्रतियोगितामा आर्मीका खेलाडिले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । 
५ किलोमिटर दौडमा सिंहनाथ गण चितवन शक्तिखोरका कल्याण बानियाँले १३ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै पहिलो भए । उनलाई पछ्याउँदै १३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्ने रणसिंह गण गोर्खाका सिजन बस्नेत दोस्रो भए भने १३ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै कालिप्रसाद गण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका टिकाराज कटुवाल तेस्रो भए । 
विजयी एवं सहभागिलाई नेपाली कांग्रेस मकवानपुरका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, शिल्ड एवं नगद सौजन्यकर्ता होमनाथ गौतम, राजु गरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विजयीले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दौडमा ३० जनाको सहभागिता रहेको थियो । दौडको यो तेस्रो संस्करण हो । कार्यक्रममा हेटौँडा–६ का पुराना धावक सत्यनारायण मानन्धरलाई सम्मान गरिएको थियो ।
दौडपछि भएको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान सभापति न्यौपानेले सिर्जनशिल काम गर्ने पार्टीको काम नेपाली कांग्रेस रहेको बताए । राम्रो काम गर्ने र समाजको विकास गर्ने पार्टीका उम्मेदवारलाई छान्न जनतालाई उनले आग्रह गरे । 
कार्यक्रममा पार्टीका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सभापति ईश्वर पाठक, कांग्रेस हेटौँडा ६ नम्बर इकाई सभापति रामहरी तिमिल्सना, तरुण दल ६ नम्बर इकाई सभापति राजकुमार बास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा पार्टीका सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, नगर र वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Running-Photo-2-1492148697.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार