Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

कोरोनाका कारण मर्नेको संख्या २ लाख ४८ हजार नाघ्यो

11-1588555154.png

२२ बैशाख, हेटौंडा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार सोबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १३५ जनाको ज्यान गइसकेको छ ।
विश्वभर संक्रमितको संख्या ३५ लाख ६३ हजार ३ सय ३५ पुगेको छ । ११ लाख ५३ हजार ८ सय ४७ जना उपचारपछि निको पनि भएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ६८ हजार ५ सय ८७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । 
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २८ हजार ८ सय ८४ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा थप १ सय ७४ जनाको मृत्यु भएको छ ।
यसैगरी स्पेनलाई पछिपार्दै बेलायत सबैभन्दा बढी संक्रमित मृत्यु हुनेको तेश्रो स्थानमा पुगेको छ । यहाँ अहिलेसम्म २८ हजार ४ सय ४६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३ सय १५ जनाको मृत्यु भएको छ । 
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार २ सय ६४ पुगेको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ । 
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ८ सय ९५ पुगेको छ । यहाँ पछिल्लो समय १ सय ३५ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म बेल्जियममा ७ हजार ८ सय ४४, जर्मनीमा ६ हजार ८ सय ६६, ब्राजिलमा ७ हजार २५, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार २ सय ३, नेदरल्याण्डसमा ५ हजार ५६, चिनमा ४ हजार ६ सय ३३, क्यानडामा ३ हजार ६ सय ८२, टर्कीमा ३ हजार ३ सय ९७, स्वेडेनमा २ हजार ६ सय ७९, मेक्सिकोमा २ हजार ६१, स्विटजरल्याण्डमा १ हजार ७ सय ६२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार ३ सय ९१ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो समय ६८ जना मृत थपिएका छन् । यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा मृत्यु हुनेको संख्या ४ सय ५७ पुगेको छन् । यहाँ २० जना मृतक थपिएका छन् ।
 

1-1588555156.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार