२७ बैशाख, हेटौंडा । लकडाउनको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिकामा भने पुलको काम भईरहेको छ । हेटौंडा–धरान चतरा सडक खण्ड अन्तरगत बागमती पुलको काम धमाधम भईरहेको हो ।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको शनिबार स्लाब ढलानको काम भईरहेको छ । निर्माणस्थलमा हेटौंडा–धरान चतरा सडक आयोजनाका विरेन्द्र महतोसहितको ७ जनाको प्राविधिक टोली लकडाउनको समयमा पनि कामको निगरानी गरिरहेका छन् । कामलाई निरन्तर अघि बढाउन निगरानी भईरहेको र तोकेकै अवधीमा काम सक्ने गरी काम गरेपनि लकडाउनका कारण केही असर गरेको उनको भनाई छ । आफुहरु नै निर्माणस्थलमा निरन्तर रहेर काम गराईरहेको उनले बताए ।
दैनिक १२ घण्टासम्म ५५ जना कामदार र १० जना अन्य कर्मचारी खटिएको स्वच्छन्द निर्माण सेवाका साईट इन्चार्ज सन्तोष सापकोटाले बताए । समयमै काम सक्ने गरी काम भईरहेपनि लकडाउनका कारण चैत १२ गतेदेखि काम प्रभावित भएर बैशाख ३ गतेदेखी पुन काम शुरु गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले काम गर्न स्विकृति दिएपछि काम थालेपनि निर्माण सामग्री जुटाउन समस्या भईरहेको सापकोटाले जानकारी दिए । गतबर्ष पुलको काम गरिरहेको समयमा अविरल बर्षासंगै आएको बाढिले पुलको ढलान, फर्मा, मेसिन लगायतका सामग्री वगाउँदा ४ करोड रुपैंयाको क्षति भएको जनाईएको छ ।
स्वच्छन्द निर्माण सेवाले ५ बर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का लिएको पुल भुकम्प र नाकाबन्दीका कारण प्रभावित भएको थियो । म्याद सकिएपछि पछिल्लो पटक २०७७ साल जेठसम्म म्याद थपिएको पुल निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव इन्जिनियर चेतनकुमार मण्डलले बताए । ११ स्पानमध्ये ६ स्पानमा स्लाव ढकानको काम मात्रै बाँकी रहेको स्वच्छन्दका इन्जिनियर अन्जन विडारीको भनाई छ । अन्य कुनै समस्या नभए तोकेकै समयमा काम सम्पन्न हुने उनको भनाई छ ।
पुलको लम्बाई ४ सय १३ मिटर र ७.७० मिटर चौडाई रहेको छ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













