२९ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसिया पनि अछुतो रहन सेकेको छैन । दक्षिण एसियाका देशहरुपनि विस्तारै कोरोना संक्रमणको चपेटामा परिरहेका छन् ।
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
भारत
दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमणबाट भारत सबैभन बढी प्रभावित भएको छ । सोमबार विहानसम्म भारतमा ६७ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यहाँ २ हजार २ सय १२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये भारतमा २० हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । भारतमा एकैदिन ४ हजार ३ सय ५३ जना नयाँ सक्रमित थपिएका छन् भने १ सय ११ जनाको मृत्यु भएको छ ।
पाकिस्तान
दक्षिण एसियाली मुलुकहरुमा भारतपछि पाकिस्तानमा सबैभन्दा संक्रमित र मृतक रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३० हजार ३ सय ३४ रहेको छ । पाकिस्तानमा एकैदिन १ हजार ५ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।
यहाँ ६ सय ५९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ भने ८ हजार ६३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बंगलादेश
बंगलादेशमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । यहाँ ८ सय ८७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ हजार ६ सय ५७ पुगेको छ । यस्तै यहाँ पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या २ सय २८ पुगेको छ ।
बंगलादेशमा अहिलेसम्म २ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् ।
।
अफगानिस्तान
अफगानिस्तानमा अहिलेसम्म ४ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना उपचारपछि निको भएका छन् ।
श्रीलंका
श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ५६ पुगेको छ । श्रीलंकामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यहाँ केही दिन यता मृतकको संख्या स्थिर रहेको छ । कोरोना पुष्टि भएकामध्ये श्रीलंकामा ३ सय २१ जना निको भएका छन् ।
मालदिभ्स
दक्षिण एसियाली देश मालदिभ्समा हालसम्म ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ संक्रमणका कारण अहिलेसम्म ३ जनाले ज्यान गुमाएका छन् । मालदिभ्समा उपचारपछि निको हुनेको संख्या २९ रहेको छ ।
नेपाल
कोरोना संक्रमणबाट नेपाल पनि विस्तारै प्रभावित भइरहेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय १० रहेको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म कसैको मृत्यु भएको छैन । कोरोना संक्रमण पुष्टि भएकामध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।
भुटान
भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

