Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

विश्वभर कारोना संक्रमितको संख्या ४३ लाख नाघ्यो

corona-agencies-1589334772.jpg

३१ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४३ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ८ सय २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ८५ हनजार ३ सय ३५ जनाले थपिएको छ । संक्रमित मध्ये अहिलेसम्म २ लाख ९२ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ । 
यसैगरी संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १६ लाख २ हजार ९१ जना संक्रमित उपचारपछि निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १४ लाख ८ हजार ६ सय ३६ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २२ हजार ८ सय २ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि स्पेनमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २ लाख ६९ हजार ५ सय २० जना संक्रमित रहेका छन् । 
पछिल्लो समय संक्रमितको सख्या ह्वात्तै बढेपछि रसिया र बेलायत संक्रमितको तेश्रो र चौथो स्थानमा पुगेका छन् ।
रसियामा संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको भने बेलायतमा संक्रमितको संख्या २ लाख २६ हजार ४ सय ६३ पुगेको छ ।
यस्तै इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार २ सय १६ पुगेको छ भने फ्रान्समा १ लाख ७८ हजार २ सय २५ पुगेको छ ।
यसैगरी जर्मनी, ब्राजिल, लगाएतका मुलुकहरुमा एक लाख ५० हजार भन्दा बढीको संख्यामा मानिसहरु संक्रमित रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार