Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

प्रधानमन्त्रीबाट फाष्ट ट्रयाक शिलान्यास

PM-Fast-Track-1495961837.jpg

१४ जेठ, बारा । राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौं–निजगढ द्रुतमार्ग (फाष्ट ट्र्याक) को प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् । बाराको निजगढका आइतबार विशेष समारोहको आयोजना गरी प्रधानमन्त्री दाहालले फाष्ट ट्रयाकको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले फाष्ट ट्रयाकको निर्माणले तराई र पहाडबीच भावनात्मक सम्बन्ध बलियो हुने बताए । उनले यसले देशको समृद्धिमा समेत योगदान पु¥याउने दावि समेत गरे । शिलान्यास कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रमेश लेखक, सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतको सहभागिता रहेको थियो । ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माण कार्य शुरु गरेको छ। द्रुतमार्गको निर्माण लागत एक खर्ब १२ अर्ब अनुमान गरिएको छ। ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने मार्गको ट्र्याक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई २०६६ मा दिएको थियो।

सेनाले मार्गको ट्र्याक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो । फाष्ट ट्रयाकमा साना ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिने छ।  द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलो मिटर भन्दा बढी हुने सहायकरथी एवम् विकास निर्माण निर्देशक उद्धव विष्टले जानकारी दिए। मकवानपुरको ठिङगनमा १.४ किलोमिटर लामो सुरुङ निर्माण हुने छ। फाष्ट ट्रयाक निर्माणपछि तराईबाट राजधानी पुग्न डेढ घन्टा मात्रै लाग्ने जनाईएको छ ।

राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा खर्च हुँदै आएको रकममा वार्षिक रुपमा  १० अर्ब बचत हुने विश्वास गरिएको छ । दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाइ हुने मार्ग चार लेनको हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार