Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

20200813_135646-1597306441.jpg

२९ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रहेको बताइएको छ।उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैबीच मुखर्जीको मृत्युु भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्-'मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।'

त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । 'मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ', अभिजितले ट्वीटमा लेखेका छन् ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

(इकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार