४ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न भएको छ । बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम भईरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।
२०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले काम गरिरहेका छन् । लोकपथ अन्तरगत ललितपुरको टिकाभैरव–सातदोवाटो ११ किलोमिटर सडक भने डिभिजन सडक कार्यालय ललितपुरले सम्पन्न गरिसकेको छ । अहिले हेटौँडा–चुच्चेखोला ७.३ किमि कन्ट्याक्ट प्रालि, कञ्चनजंगा गोल्डेन गु्रड (जेभि) ले चुच्चेखोला जितपुर भञ्ज्याङ १५.५ किमि, कन्टेक बानियाँ (जेभी) ले जितपुरभञ्ज्याङ–सिमात घुम्ति ८.५ किमि, अमर कन्स्ट्रक्सन प्रालिले सिमातघुम्ती–आलेभञ्ज्याङ ९ किमि, श्रेष्ठ मोतिदान बानियाँ (जेभी)ले आलेभञ्ज्याङ–बाग्मति १०.५ किमिमा काम गरिरहेका छन् ।
यसैगरी, दिवा हनुमान (जेभी) ले बागमति–काल्चेभिर ७ किमि, एसएल कम्पनि प्रालिले काल्चेभीर–छपेली ८ किमि, हनुमान कन्स्ट्रक्सन प्रालिले छपेली–तीनपाने भञ्ज्याङ ९ किमि र विरुवा कविर (जेभी) ले तीनपाने भञ्ज्याङ–टिकाभैरव ७ किमिमा काम गरिरहेका छन् । यी क्षेत्रमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने, ग्राभेलिङ गर्ने र कालोपत्रेको काम भईरहेको आयोजनाका इन्जिनियर रमेश पाण्डेले बताए ।
२०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौँडादेखि मकवानपुरगढीसम्म चालु आव ०७३/०७४ मै कालोपत्रे गरिने पाण्डेले बताए । ‘सडक विस्तारमा स्थानीय बासिन्दा र स्थानीय प्रशासनले समेत सहयोग गरेकाले काममा सहज भएको छ ।’–पाण्डेले भने–‘कामलाई गति दिन आयोजनाले निरन्तर निगरानी र सहजिकरण गरिरहेको छ, समयमै काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ आयोजना अन्तरगत हेटौँडा–१७ चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम शुरु भएको छ ।
कामको गुणस्तरबारे स्थानीय समेत निगरानी गरेको हेटौँडा–१७ गैरीगाउँका यतिन्द्र पुडासैनीले बताए । सडक विस्तारले मकवानपुरका साथै देशकै आर्थिक एवं सामाजिक विकासमा टेवा पुग्ने मकवानपुरगढी–२ का बीरबहादुर गोले बताए । आयोजनाको कूल लागत २ अर्ब ५० करोड रहेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



