Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न

Kalopatre-Hudai-Kantilok-1497845062.jpg

४ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न भएको छ । बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम भईरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो । 

२०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले काम गरिरहेका छन् । लोकपथ अन्तरगत ललितपुरको टिकाभैरव–सातदोवाटो ११ किलोमिटर सडक भने डिभिजन सडक कार्यालय ललितपुरले सम्पन्न गरिसकेको छ । अहिले हेटौँडा–चुच्चेखोला ७.३ किमि कन्ट्याक्ट प्रालि, कञ्चनजंगा गोल्डेन गु्रड (जेभि) ले चुच्चेखोला जितपुर भञ्ज्याङ १५.५ किमि, कन्टेक बानियाँ (जेभी) ले जितपुरभञ्ज्याङ–सिमात घुम्ति ८.५ किमि, अमर कन्स्ट्रक्सन प्रालिले सिमातघुम्ती–आलेभञ्ज्याङ ९ किमि, श्रेष्ठ मोतिदान बानियाँ (जेभी)ले आलेभञ्ज्याङ–बाग्मति १०.५ किमिमा काम गरिरहेका छन् । 

यसैगरी, दिवा हनुमान (जेभी) ले बागमति–काल्चेभिर ७ किमि, एसएल कम्पनि प्रालिले काल्चेभीर–छपेली ८ किमि, हनुमान कन्स्ट्रक्सन प्रालिले छपेली–तीनपाने भञ्ज्याङ ९ किमि र विरुवा कविर (जेभी) ले तीनपाने भञ्ज्याङ–टिकाभैरव ७ किमिमा काम गरिरहेका छन् । यी क्षेत्रमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने, ग्राभेलिङ गर्ने र कालोपत्रेको काम भईरहेको आयोजनाका इन्जिनियर रमेश पाण्डेले बताए । 

२०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौँडादेखि मकवानपुरगढीसम्म चालु आव ०७३/०७४ मै कालोपत्रे गरिने पाण्डेले बताए । ‘सडक विस्तारमा स्थानीय बासिन्दा र स्थानीय प्रशासनले समेत सहयोग गरेकाले काममा सहज भएको छ ।’–पाण्डेले भने–‘कामलाई गति दिन आयोजनाले निरन्तर निगरानी र सहजिकरण गरिरहेको छ, समयमै काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ आयोजना अन्तरगत हेटौँडा–१७ चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम शुरु भएको छ । 

कामको गुणस्तरबारे स्थानीय समेत निगरानी गरेको हेटौँडा–१७ गैरीगाउँका यतिन्द्र पुडासैनीले बताए । सडक विस्तारले मकवानपुरका साथै देशकै आर्थिक एवं सामाजिक विकासमा टेवा पुग्ने मकवानपुरगढी–२ का बीरबहादुर गोले बताए । आयोजनाको कूल लागत २ अर्ब ५० करोड रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार