१९ असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् ।
जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै नेता बानियाँले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गरेकोमा श्रेष्ठसहित दाताहरुलाई धन्यवाद दिंदै यस्ता सामाजिक कामको निरन्तरताका लागि आग्रह गरे । उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गरे ।
घर निर्माण भएपछि आफ्नो ३ जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुशी व्यक्त गरे । ३ महिना अघि निर्माण थालिएको घरका लागि २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च भएको श्रेष्ठले बताए । कार्यक्रममा घर निर्माणको पहल गरेका तरुण नेता श्रेष्ठले दाताहरुको सहयोगका कारण आफ्नो पहल सार्थक भएको भन्दै दाताहरुप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने,नेपाली कांग्रेस हेटौँडा नजरसभापति आनन्दराम पराजुली,कांग्रेस हेटौँडा-१ का सभापति हरिकृष्ण महर्जन, तरुण नेता राजेश भेटवाल,दिनेश लामा,सुमन लामा,सुमन अर्याल लगायतकाको उपस्थिति रहेको थियो।
भवन निर्माण का सहयोगी तथा खर्च विवरण
विकको पुरानो घर
विकेशलाल श्रेष्ठको पहलमा बनेको विकको नयाँ घर
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



