Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

पर्यटकको आकर्षण बन्दै बुढिचौर(फोटो फिचर)

20201120_104655-1605851096.jpg

कल्भनबाट देखिएको बुढीचौर

५ मंसिर,हेटौँडा। यो सिजन मानिसहरु घुमफिरमा बिताइरहेका छन्। चाडबाडको समापनसँगै ६ महिना लामो  लकडाउनले घर भित्र बस्न बाध्य बनेका नागरिक यतिबेला जिल्ला भित्रका पर्यटकिय स्थल र पर्यटकीय सम्भावना बोकेको ठाउँहरु घुमफिर गरिरहेका छन्। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अहिले नयाँ पर्यटकीय गन्तव्य देखापरेका छन्।यसै क्रममा मकवानपुरको उत्तर पुर्वमा पर्ने मकवानपुर गढी गाउँपालिका वडा नम्बर-८ को बुढिचौर र आसपासका क्षेत्र यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। 

बुढिचौर खोलामा मिसिने झरना,सामरी खोलाको उत्गम स्थल,खुडेधारको भिर,मनोरम अग्ला बुढिचौर र छत्रेको करिब २५००मिटर अग्लो पहाड,शिवम् सिमेन्ट कल्भन खानी नयाँ पर्यटकीय स्थलहरुको रुपमा  देखा परेको छ। छत्रेको लेक र कल्भन खानिबाट देखिने निलो आकाश,मकवानपुर गढी दरबार,बुढीचौरको फाट, ॠखेश्वर गुफा, सुकौरा,बुढीचौर पुग्ने क्रममा सुकौरा माथि  सडको दायाँ बायाँ देखि अग्ला खोंच,हेटौँडा बजारको दृश्यले मन लोभ्याउने गर्दछ।

बागमती प्रदेशको राजधानी हेटौँडा बजारबाट करिब ३५ किलोमिटरको दुरीमा रहेको उक्त स्थान २ पाङ्रगे वा ४ पाङ्रगे सवारीमा १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ।कल्भनबाट देखिने छत्रेको लेक,बुढिचौर र आसपासका स्थानमा निलो कर्कटपातामा सजिएका रङगिबिरङगी घरहरु,बढीचौरमा फलेका सिमी,तोरी तथा अन्य कृषि उपजले बुढीचौरलाई सडक संजालसँग जोडिएको छ।अहिले धेरै घुम्नेहरुको रोजाइ बन्दै गएको छ बुढिचौर। कल्भनबाट देखिने  मनोरम दृश्य,अग्ला पहाडका थुम्का,चिसो सिरेटो आन्तरिक तथा वाहिय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

20201120_104813-1605851098.jpg

छत्रेको लेक

20201120_104849-1605851285.jpg

मकवानपुरको सुकौरा

20201120_103131-1605851286.jpg

बुढीचौरको झरना

20201120_113231-1605851398.jpg

बुढीचौरको डाँडा

20201120_104529-1605851399.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार