Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने

20201201_124630-1606806545.jpg

१६ मंसिर,हेटौँडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ मा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ। मंसिर १३ गते शनिबारबाट गढी दरबार प्रवेश गर्दा शुल्क लिन थालिएको गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताएका छन्।  

गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको हो। पुडासैनीका अनुसार  २०७७ मंसिरबाट असारसम्मका लागि १३ लाखमा बाँसपानी निर्माण कम्पनीलाई  ठेक्का दिइएको बताए।शुल्क लाग्ने भएपछि  स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एकसय रुपैयाँ तिर्नुपर्ने भएको  छ।त्यसैगरी पकाएर खाने वनभोजका लागि एक हजार र ड्राइ पिकनिकका लागि पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको पुडासैनीले बताए। यता दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँचसय र म्युजिक भिडियो सुटिङका लागि दुई हजार शुल्क तोकिएको छ। 

गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ ।परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकालाई  शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए।दरबार क्षेत्रको सरसफाई, विभिन्न पर्यटकका आकर्षण स्थलको निर्माण र पर्यटकमैत्री बनाउनका लागि घुम्न आउने पर्यटकसँग शुल्क लिन थालिएको उनले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार