१६ मंसिर,हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ मा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ। मंसिर १३ गते शनिबारबाट गढी दरबार प्रवेश गर्दा शुल्क लिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताएका छन्।
गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको हो। पुडासैनीका अनुसार २०७७ मंसिरबाट असारसम्मका लागि १३ लाखमा बाँसपानी निर्माण कम्पनीलाई ठेक्का दिइएको बताए।शुल्क लाग्ने भएपछि स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एकसय रुपैयाँ तिर्नुपर्ने भएको छ।त्यसैगरी पकाएर खाने वनभोजका लागि एक हजार र ड्राइ पिकनिकका लागि पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको पुडासैनीले बताए। यता दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँचसय र म्युजिक भिडियो सुटिङका लागि दुई हजार शुल्क तोकिएको छ।
गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ ।परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकालाई शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए।दरबार क्षेत्रको सरसफाई, विभिन्न पर्यटकका आकर्षण स्थलको निर्माण र पर्यटकमैत्री बनाउनका लागि घुम्न आउने पर्यटकसँग शुल्क लिन थालिएको उनले बताए।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...