२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो ।
नगर प्रमुख हरिबाहादुर महतको अध्यक्षतामा शुरु भएको सभा बैठक मा उप प्रमुख मिना कुमारी लामाले आर्थीक बर्षा २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम सभामा पेश गरेकी थिईन् ।
लामाले प्रस्तुत गरेको २०७४ /०७५ को आर्थीक बिधेयकमा नगरमा पक्की घर बनाउने कर वृद्धि हुनुका साथै महिलाले दर्ता गर्ने उद्योगमा विशेष छुट प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेख्य बृद्धि गरिएको छ ।
पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि गरेको छ भने कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम हुने भएमा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव गरेको छ ।
त्यसैगरी उपमहानगरपालिकाले हाल अभ्यासमा नआएका उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकुल प्रभाव पार्ने उद्योग, व्यवसाय, वातावरण प्रदूर्षण गर्ने खालका बस्तु सेवाको कारोबार गर्ने व्यक्ति, संघसंस्थालाई वातावरण प्रदूर्षण शुल्क लगाउने प्रस्ताव गरेको छ ।
महिला उद्यमीहरूले सञ्चालन गर्ने उद्योगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले प्रदान गरिने विभिन्न प्रकारका सेवामा साबिकदेखि लाग्दै आएको दस्तुर तथा सेवा शुल्क मध्ये केहीमा सामान्य बृद्धि सहित प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापा, बेगम बराल,जनरल श्रेष्ठ, रघुनाथ खुलाल, इन्द्र नेपाल र देवराज रिमालले आ–आफ्नो जिज्ञासा राखेका थिए भने उप प्रमुख मिना कुमारी लामाले सभा सदस्यबाट आएको जिज्ञासालाई सम्बोधन गरेकी थिइन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)