२० साउन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेको छ ।
संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक संस्था तथा सीपमूलक व्यवसायिक संघहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानले जिल्लाका औद्योगिक प्रतिष्ठानहरुका प्राविधिकका लागि अझैपनि अन्य देशकै भरपर्नु परेको गुनासो गर्दै औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरका उद्योग कलकारखानामा आवश्यक सबै प्रकारका जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
अन्तक्रिृया कार्यक्रममा प्राविधिक शिक्षा रणनीतिक योजना एडिबीका रिचार्ड बोनोकोष्कीले समग्र जिल्लाको कृषि, उद्योग, पशुपालनको अवस्थाको बारेमा सहभागिहरुसँग जिज्ञासा राखेका थिए । कार्यक्रममा सिटीईभीटीका बिनोदचन्द्र झा, मकवानपुर टेक्निकल इन्स्टिच्युटका चन्द्रशेखर पण्डित, सीप विकास तालिम केन्द्रका युवराज गुरुङ्ग, निर्माण व्यवसायी संघका महासचिव श्याम ढकाल, हस्तकला संघका ज्ञानभक्त लामा, सिलाई व्यवसायी संघका नारायण थिङ्ग, मेनुका श्रेष्ठ, संघका कार्यकारी सचिव विवेक मानन्धर लगायतको सहभागिता रहेको थियो ।
अन्तक्र्रियामा सरोकारवाला निकायबाट आएका सुझावको आधारमा प्राविधिक शिक्षाको कार्ययोजना बनाई रोजगार श्रृजना गरिने एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाका हरि प्रधानले बताएका छन् । प्राविधिक शिक्षाको रणनीतिक योजना बनाउन देशका विभिन्न उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा आयोजक टोली मकवानपुर आईपुगेको हो ।
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
















