Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

‘प्राविधिक जनशक्तिमा अरुकै भर’

IMG_1581-1501851075.JPG

२० साउन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेको छ । 
संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक संस्था तथा सीपमूलक व्यवसायिक संघहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानले जिल्लाका औद्योगिक प्रतिष्ठानहरुका प्राविधिकका लागि अझैपनि अन्य देशकै भरपर्नु परेको गुनासो गर्दै औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरका उद्योग कलकारखानामा आवश्यक सबै प्रकारका जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । 
अन्तक्रिृया कार्यक्रममा प्राविधिक शिक्षा रणनीतिक योजना एडिबीका रिचार्ड बोनोकोष्कीले समग्र जिल्लाको कृषि, उद्योग, पशुपालनको अवस्थाको बारेमा सहभागिहरुसँग जिज्ञासा राखेका थिए । कार्यक्रममा सिटीईभीटीका बिनोदचन्द्र झा, मकवानपुर टेक्निकल इन्स्टिच्युटका चन्द्रशेखर पण्डित, सीप विकास तालिम केन्द्रका युवराज गुरुङ्ग, निर्माण व्यवसायी संघका महासचिव श्याम ढकाल, हस्तकला संघका ज्ञानभक्त लामा, सिलाई व्यवसायी संघका नारायण थिङ्ग, मेनुका श्रेष्ठ, संघका कार्यकारी सचिव विवेक मानन्धर लगायतको सहभागिता रहेको थियो । 
अन्तक्र्रियामा सरोकारवाला निकायबाट आएका सुझावको आधारमा प्राविधिक शिक्षाको कार्ययोजना बनाई रोजगार श्रृजना गरिने एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाका हरि प्रधानले बताएका छन् । प्राविधिक शिक्षाको रणनीतिक योजना बनाउन देशका विभिन्न उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा आयोजक टोली मकवानपुर आईपुगेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार