रुपेश दुलाल
२२ साउन, हेटौँडा । हेटौँडा–१७ मा निर्माणाधिन पेङ्गोलिन पार्क अहिले पर्यटकको गन्तव्य बन्दै गएको छ । करिव ३ महिना अघिदेखि काम थालिएको पार्कमा अहिले स्थानीय पर्यटक आउन थालेका हुन् ।
चुच्चेखोला सामुदायिक वन समूहको क्षेत्रमा शिखरकटेरी जाने कान्तिलोकपथ सडकमा पार्क निर्माण भईरहेको छ । पार्क निर्माणमा जिल्ला वन कार्यालय मकवानपुरको १३ लाख रुपैँया, वन समूहको ४ लाख रुपैंया, बायो इन्जिनियरिङ बृक्षरोपणका लागि भू–संरक्षण कार्यालय मकवानपुरबाट १ लाख ५० हजार रुपैँयाको सहयोग रहेको छ । पहिलो चरणमा बगैंचा, विश्रामस्थल, प्लाष्टिकको पानी पोखरी, वनदेवीको मन्दिर, कार्यालय घर लगायतका काम भईसकेको समूहका कार्यालय सचिव केदार गौतमले बताए । ‘छोटो समयमा धेरै काम थालिएको छ, केही सम्पन्न भईसकेका छन् भने केही भईरहेका छन्’–उनले भने ।
समूहले पर्यापर्यटनको माध्यमबाट दिगो आयआर्जनका लागि पार्कको अवधारणा अघि सारेको जनाईएको छ । वन समूहले २ करोड ७९ लाख रुपैँयाको लागतमा तत्कालिन एवं दिर्घकालिन कार्ययोजनासहित काम गरिरहेको समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको भनाई छ । १७ विगाह क्षेत्रफलमा पर्यटन प्रवद्र्धनका लागि केबुल कार, आकाशे पुल, पौडी पोखरी, खेल मैदान, बुद्ध मूर्ति, दक्षिणकाली मन्दिर, भ्यू–टावर लगायतका अवधारणा अघि सारेको उनको भनाई छ ।
धरान–चतरा, कान्तिलोकपथ लगायतका पूर्वाधारको विकास यसैक्षेत्रमा भईरहेकाले काठमाण्डौं जाने र फर्कर्ने यात्रुसहित आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य समूहले राखेको छ । मकवानपुरगढीको प्रवेशद्वारमै बृहद पर्यटकिय क्षेत्रको अवधारणा अघि बढाईएको दाहालको भनाई छ । पार्कको निर्माणमा स्थानीय रामचन्द्र सापकोटासहित उपभोक्ता, कालिगढ लगायतको सहभागिता रहेको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)