Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

कांग्रेस मकवानपुरगढीले माग्यो पालिकासंग खर्चको यथार्थ विवरण

Gadhi-Congress-1620113362.jpg

२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८ मा मकवानपुरगढी गाउँपालिका कार्यालयबाट भएको खर्चको यथार्थ विवरण माग गरेको छ । कांग्रेस गाउँपालिका सभापति राजबीर मोक्तान र तरुण दल गाउँपालिका अध्यक्ष सानुकान्छा थिङले संयुक्त रुपमा विभिन्न क्षेत्रमा भएका खर्च र कामको यथार्थ विवरण माग गरेका हुन् ।
कांग्रेसले आर्थिक बर्ष ०७७/०७८ मा सिलिङ बजेट बाहेक पालिकाको बजेट अध्यक्षको होल्डिङमा कहाँ के के खर्च भयो, चालु आर्थिक बर्षमा कसलाई कति अनुदान वितरण भयो र यसको आधार के हो, घरघरमा काम हातहातमा दाम, असहायसंग अध्यक्ष जस्ता शिर्षकमा कसलाई रकम वितरण भयो र लाभान्वित बर्ग छनौटको आधार के हो, चैत १६ देखि ३१ गतेसम्म सामरी खोलामा उत्खनन गरिएकोमा कति परिमाणमा निकाल्ने अनुमतिथियोर कति परिमाणमा निकालियो यथार्थ हिसावकिताव सार्वजनिक गर्न माग गरिएको छ ।
त्यस्तै, ७ वटा प्वाइन्टमा नदिजन्य पदार्थ उत्खनन गर्दा आवश्यक उपकरण को संगै लिईयो र के आधारमा कति दर रेटमा लिईयो मापदण्ड सर्वाजनिक गर्न, नदिजन्य पदार्थ उत्खनन गर्दा आवश्यक मानव स्रोत आफ्ना मुठ्ठीभरका व्यक्तिमात्रै शंकास्पद तरिकाले परिचालन गरिएकाले जनसमुदायमा आशंका फैलिएकोले यसबारे सार्वजनिक गर्न र कोरोनाको मारमा परेका जनताको आर्थिक अवस्था नाजुक रहेकाले स्थानीयस्तरमा नदिजन्य पदार्थ प्रयोगगर्दा छुटको व्यवस्थागर्नुपर्ने माग गरिएको छ ।
आफुहरुले माग गरेको विषयमा यथार्थ जानकारी नआए नदिजन्यपदार्थ ओसारपसार गर्ने कार्य रोक्न बाध्य हुने र न्यायिक ढोकामा जान बाध्य हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार