१३ जेठ, हेटौंडा । केबल टेलिभिजन र इन्टरनेट वितरक कम्पनी जयकालिका मल्टिमिडिया प्रालिले मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टेलिभिजन र इन्टरनेट पुर्याईरहेको छ ।
पूर्वी मकवानपुरको बागमती र बकैया गाउँपालिकादेखि उत्तरको इन्द्रसरोबर गाउँपालिकाका गाउँहरू र ललितपुरको बागमती गाउँपालिकाका पियुटार, खयरघारी, माझखन्ड लगायत स्थानहरुमा अप्टिक फाइबरमार्फत केबल टेलिभिजन र इन्टरनेट पुर्याएको हो । 'अब हामीले फाइबर पुर्याएका मकवानपुर र ललितपुरका दुर्गम भेगमा स्थानीयले केबल तथा आईपि टिभि र ब्रोडब्यान्ड ईन्टरनेटको सुविधा पाउनेछन्'-जयकालिकाका संचालक सरोज न्यौपानेले भने । गाउँमा फाईबर पुगेसंगै कोरोना महामारीका कारण बन्द विद्यालयहरूले अनलाइन क्लास समेत शुरू गरेको उनले बताए । सर्वसाधारण मात्रै नभई शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, सामाजिक संस्था, व्यसायिक लगायतका क्षेत्रले यसबाट लाभ हासिल गर्नेछन् ।
मकवानपुर र ललितपुरका दुर्गम गाउँका स्थानीय खुशी भएका छन् । 'पहिला डाटाबाट राम्रो नेट नचल्दा धेरै कुरा गर्न सकिदैन थियो, टिभि पनि त्यस्तै अवस्था थियो'-स्थानीयहरू भन्छन्-'अब गाउँमा दुबै सुविधा पाउँदा खुशी लागेको छ ।'
जयकालिकाले पनि ग्राहकको सन्तुष्टिका लागि गुणस्तरीय सेवा दिने जनाएको छ । अहिले गाउँमा फाइबर पुगेसंगै मकवानपुर र ललितपुरका दुर्गम भेगमा ग्राहक बढ्ने क्रम शुरू भएको बताउँदै न्यौपानेले यसलाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा दिने र थप दुर्गम गाउँमा सेवा विस्तार गर्ने योजना रहेको बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)