१९जेठ,हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा गम्भीर बिरामी भई गाउँपालिकाले एम्बुलेन्स पठाएर उपचारको लागि भरतपुर लगिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
स्थानीय हरिशरण प्रजाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर गए राति खाएका थिए । च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । हरिशरणकी श्रीमतीसहित अन्य छोराछोरीको अवस्था सामान्य भएता पनि साढे २ वर्षीय छोरा प्रेमबहादुरको अवस्था भने गम्भीर भएपछि उपचारको लागि भरतपुर पठाइएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
विषालु च्याउ खाएर राक्सिराङ गाउँपालिका–७ बेशीटोलका ५२ वर्षीया कान्छीमाया प्रजाको मृत्यु भएको थियो । चतुरमान प्रजा र उनकी नातिनी १२ वर्षीया सञ्जिता प्रजा बिरामी भएका थिए । चतुरमानको अवस्था सामान्य भएता पनि सञ्जिताको भने भरतपुरमै उपचार भइरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङमा च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।गत वर्ष पनि विषाक्त च्याउ खाएर २ जना स्थानीयले ज्यान गुमाएका थिए।विशालु च्याउ खाएर मृत्यु हुनुको पछाडि अनिकालको समस्या प्रमुख रहेको गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् ।‘गाउँमा वर्षभरलाई पुग्ने अन्न उत्पादन हुँदैन । जेठदेखि करिब ३ महिना त धेरैको घरमा अनिकाल लाग्छ । यहि बेला जंगलमा गिट्ठा भ्याकुर खोज्न जाँदा च्याउ पट्याउ सबै ल्याएर खाँदा स्थानीयको मृत्यु हुने गरेको छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने–‘विशालु च्याउ खाएर मर्ने समस्या हाम्रो लागि ठूलो चुनौती भएको छ । गाउँबासीलाई जंगली च्याउन नखान विभिन्न माध्यमबाट सूचना पनि जारी गरेका छांै । तै पनि सचेतना पुगेको छैन ।’
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...


















