Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बागमती पुलको स्लाप ढलान सकियो, बर्खामा ओहोरदोहोर गर्न सहज हुने

ट्युब बाट नदी तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य

IMG_20210606_202137-1622991136.jpg

२३ जेठ, हेटौंडा । कोरोनाका करण जाी निषेधाज्ञाको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोडने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलको सबै स्पानको काम सम्पन्न  छ ।हेटौंडा–धरान चतरा सडक खण्ड अन्तरगत बागमती नदीमा निर्माण भइरहेको पुलको  ११ वटै स्पानको ढलान कार्य आइतबार सम्पन्न भएको हो। 

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको शनिबार स्लाब ढलानको काम सकिएको हो । 

निर्माणस्थलमा हेटौंडा–धरान चतरा सडक आयोजनाका विरेन्द्र महतोसहितको ७ जनाको प्राविधिक टोली लकडाउनको समयमा पनि कामको निगरानी गरिरहेका छन् ।कामलाई निरन्तर अघि बढाउन निगरानी भईरहेको र तोकेकै अवधीमा काम सक्ने गरी काम गरेपनि लकडाउनका कारण केही असर गरेको उनको भनाई छ।आफुहरु नै निर्माणस्थलमा निरन्तर रहेर काम गराईरहेको उनले बताए । 

दैनिक १२ घण्टासम्म ५५ जना कामदार र १० जना अन्य कर्मचारी खटिएको स्वच्छन्द निर्माण सेवाका साईट इन्चार्ज सन्तोष सापकोटाले बताए ।समयमै काम सक्ने गरी काम भईरहेपनि लकडाउनका कारण चैत १२ गतेदेखि काम प्रभावित भएर बैशाख ३ गतेदेखी पुन काम शुरु गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले काम गर्न स्विकृति दिएपछि काम थालेपनि निर्माण सामग्री जुटाउन समस्या भईरहेको सापकोटाले जानकारी दिए । २०७६ सालमा पुलको काम गरिरहेको समयमा अविरल बर्षासंगै आएको बाढिले पुलको ढलान, फर्मा,मेसिन लगायतका सामग्री वगाउँदा ४ करोड रुपैंयाको क्षति भएको जनाईएको छ । 

स्वच्छन्द निर्माण सेवाले ५ बर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का लिएको पुल भुकम्प र नाकाबन्दीका कारण प्रभावित भएको थियो । म्याद सकिएपछि पछिल्लो पटक ५ पटक  २०७८ साल असारसम्म म्याद थपिएको पुल निर्माणको ८९ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव इन्जिनियर चेतनकुमार मण्डलले बताए ।अन्य कुनै समस्या नभए तोकेकै समयमा काम सम्पन्न हुने स्वच्छन्दका इन्जिनियर अन्जन विडारीको भनाई छ । पुलमा एकसातामा पैदल हिड्न मिल्ने र एक महिनामा २ पांग्रे सवारी संचालन हुन सक्ने हुने जनाइएको छ । अब सामान्य प्राविधिक काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । 

पुल निमार्ण भएपछि धरान चतरा सडक खण्डका सवारी निर्वाध संचालन हुने छन् भने ट्युवबाट यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।२३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७.७० मिटर चौडाई रहेको छ ।

IMG_20210606_203710-1622991305.jpg
IMG_20210606_202249-1622991305.jpg
IMG_20210606_202205-1622991414.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार