Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

पुनर्निर्माण प्राधिकरणको बाँकि काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

420062683nra-1629896620.png

९ भदौ, हेटौंडा । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । 
बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकि काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । 
प्राधिकरणले सम्पादन गरेर बाँकि रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । जस अनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ । 
त्यसैगरी अन्य निकायहरु शहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरुको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ ।
२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार