२८ भदौ, हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाण्डौं सुरुङमार्गको नाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपैँयाबाट भ्रष्टाचार गरेको भन्दै दोषिलाई कारवाहीको माग गरिएको हो । विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान संचालन गरिरहेका हेटौँडाका भीमसेन महतले बुधबार पत्रकार सम्मेलन गर्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले कम्पनीका संस्थापक अध्यक्ष कुशकुमार जोशीले मकवानपुरबासीले खसी, बोका, गरगहना, कृषिउपज विक्रि गरेर सुरुङ मार्ग निर्माणका लागि गरेको लगानीमा हिनामिना गरेको दावि गरे ।
उनले परियोजना निर्माणस्थलसम्म पहुँच मार्ग निर्माणका लागि काम नै नगरी ३९ लाख ८ हजार ५ सय ११ रुपैँया, क्यानेडेली कम्पनीबाट लगानी भित्र्याउन भन्दै उसका लागि १ करोड ३५ लाख रुपैँया, कम्प्युटर खरिदमा ४६ लाख, नायिका निशा अधिकारीलाई सगरमाथा चढ्नका लागि ५ लाख रुपैँया चन्दा लगायतका दर्जन भन्दा बढि शिर्षकमा हिनामिना गरेको दावि महतको छ । उनले संस्थापक अध्यक्ष जोशी सुरुङ मार्ग निर्माणमा भन्दा पनि आर्थिक लाभमा केन्द्रित भएको भन्दै राज्यले कम्पनीलाई सुरुङ मार्ग निर्माणका लागि दिएको अनुमति खारेजी गर्नु सही भएको बताए । उनले आप्mनो परेको लगानी उठाउनका लागि संगठित पहलका लागि मकवानपुरबासीलाई आग्रह गरेका छन् ।
राज्यले पनि अनुमति खारेज गर्नु अघि जनताको लगानी सुरक्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । मकवानपुरका चर्चित राजनीतिज्ञ एवं समाजसेवी समेत रहेका महतले लामो समयदेखि सुरुङ मार्गका नाम भईरहेको भ्रष्टाचारबारे उजागर गर्दै आएका छन् ।
हेटौँडा–काठमाण्डौं सुरुङमार्गमा भ्रष्टाचारको यस्तो खुलासा
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









