Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

उपाधीका लागि आर्मी र पुलिस भिड्ने

National-VolleyBall-Cop-1-1505740469.jpg

२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् । 
मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई  पराजित गर्दै नेपाल आर्मी क्लब फाइनल प्रवेश गरेको हो भने आयोजक मकवानपुरलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा नेपाल आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६–२४, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । 
यस्तै दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले आयोजक मकवानपुरलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताको उपाधी विजेताले २ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैया नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने चौथो हुने टिमले सान्त्वना स्वरुप २५ हजार रुपैया प्रदान गरिनेछ । 
प्रतियोगितामा उत्कृष्ट विधागत पुरस्कार समेत प्रदान गरिनेछ । ८ टिमको सहभागिता रहेको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९, बस्तीपुरको संयुक्त आयोजनामा भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार