१६ माघ, हेटौंडा । यदि तपाई भाडामा कारको खोजि गरेर हैरान हुनुहुन्छ भने अब विभिन्न ठाउँमा फोन गरेर कार भाडामा लिनुपर्ने झन्झट हटेको छ । ‘सजिलो रेन्टल’ ले सुलभ र सुरक्षित ढंगले कार भाडामा उपलव्ध गराउन सहयोग गर्ने भएको हो ।
अब भाडामा कार लिन चाहनेहरुले ‘सजिलो रेन्टल’ एप प्रयोग गर्न सक्नेछन् । यसका लागि हेटौंडा घर भई हाल अमेरिकामा रहेका अर्जुन फुँयाल र नेपालमा रहेका उनका भाई प्रज्ज्वल फुँयालले ‘सजिलो रेन्टल’ को सेवा उपलव्ध गराएका छन् । एक महिनाअघि ‘सजिलो रेन्टल’ ले आफ्नो सेवा शुरु गरेको छ । गाडी भाडामा लिन कहाँ, कसरी, कुन गाडी कस्तो चालकबाट लिने भन्ने जानकारी नहुँदा धेरैले समस्या झेलिरहेको थाहा पाएका अर्जुनले यस्तो सेवाको सोच अघि सारेका हुन् ।
युरोप तथा अमेरिकाको कार रेन्टल सेवाको अवधारणाबारे अध्ययन गरेपछि आइटी इन्जिनियर अर्जुनले ‘सजिलो रेन्टल’ को अवधारणा ल्याएका छन् । सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेटफर्म भएको बताउँदै यसमा भाडामा कार लिन चाहनेले आफ्नो चाहना अनुसारको कारको सेवा पाउँछन् भने कार भएका व्यक्ति वा संस्थाले ‘सजिलो रेन्टल’ मार्फत भाडामा लगाउन सक्छन् । ‘यसले गर्दा माग र आपूर्तिबीच समन्वय भई सेवाको आदानप्रदानमा सहजता हुन्छ ।’–उनले भने । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा बढि समयका लागि आवश्यकता अनुसार काठमाडौं उपत्यका वा देशका विभिन्न भागमा जानका लागि सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिने व्यवस्था गरिएको छ ।
यसरी सवारी भाडामा लिँदा सुरक्षाका कुराहरुलाई पनि ध्यान दिईएको छ । यात्रुहरुको सुरक्षाका लागि ‘सजिलो रेन्टल’ ले सवारी दर्ता हुनु अघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री र लाइसेन्सलाई प्रमाणीकरण गर्छन् भने सवारीको कागजात पनि दुरुस्त भए नभएको एकिन गर्ने गर्दछन् । यात्राको अनुभव, सुविधा र सहजताका बारेमा धारणा, चालकलाई रेटिङ र अन्य यात्रुका लागि सिफारिससमेत गर्न सक्ने सुविधा राखिएको अर्जुनको भनाई छ । यात्रुलाई सहजता र सुरक्षित सेवा दिने ‘सजिलो रेन्टल’ को प्रमुख उद्धेश्य भएकाले यसमा कुनै कमी हुन नदिने काठमाडौंमा बसेर यसलाई अघि बढाउने काम गरिरहेका सिईओ प्रज्ज्वलले बताए ।
‘सवारी धनीले विभिन्न गन्तव्यको भाडा निर्धारण गर्ने र सेवाग्राहीले भाडा उपयुक्त लागेको सवारी छनौटको व्यवस्था गरेकाले भाडा दरमा ठगिने समस्या पनि स्वतः समाधान हुने व्यवस्था गरेका छौं ।–उनले भने । अहिले अर्जुन र प्रज्ज्वलसहित ८ जना कर्मचारीले तथ्यांक संकलन गर्ने, ट्राभल एजेन्सीहरुसँग सम्पर्क गर्ने, सवारीको ‘इन्भेन्ट्री’ को संख्या तथा अवस्था बुझ्ने, उनीहरुले जान चाहेको मोडलका बारेमा परामर्श तथा छलफल गर्ने काम गरिरहेको जनाईएको छ ।
सेवालाई अझ व्यवस्थित, गुणस्तरीय र मागको आधारमा परिमार्जिन गर्दै लैजाने फुँयाल दाजुभाईको भनाई छ ।
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







