Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

भाडामा कार सजिलै चाहिए ‘सजिलो रेन्टल’

Sajilo1-1643528916.jpg

१६ माघ, हेटौंडा । यदि तपाई भाडामा कारको खोजि गरेर हैरान हुनुहुन्छ भने अब विभिन्न ठाउँमा फोन गरेर कार भाडामा लिनुपर्ने झन्झट हटेको छ । ‘सजिलो रेन्टल’ ले सुलभ र सुरक्षित ढंगले कार भाडामा उपलव्ध गराउन सहयोग गर्ने भएको हो । 
अब भाडामा कार लिन चाहनेहरुले ‘सजिलो रेन्टल’ एप प्रयोग गर्न सक्नेछन् । यसका लागि हेटौंडा घर भई हाल अमेरिकामा रहेका अर्जुन फुँयाल र नेपालमा रहेका उनका भाई प्रज्ज्वल फुँयालले ‘सजिलो रेन्टल’ को सेवा उपलव्ध गराएका छन् । एक महिनाअघि ‘सजिलो रेन्टल’ ले आफ्नो सेवा शुरु गरेको छ । गाडी भाडामा लिन कहाँ, कसरी, कुन गाडी कस्तो चालकबाट लिने भन्ने जानकारी नहुँदा धेरैले समस्या झेलिरहेको थाहा पाएका अर्जुनले यस्तो सेवाको सोच अघि सारेका हुन् । 
युरोप तथा अमेरिकाको कार रेन्टल सेवाको अवधारणाबारे अध्ययन गरेपछि आइटी इन्जिनियर अर्जुनले ‘सजिलो रेन्टल’ को अवधारणा ल्याएका छन् । सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेटफर्म भएको बताउँदै यसमा भाडामा कार लिन चाहनेले आफ्नो चाहना अनुसारको कारको सेवा पाउँछन् भने कार भएका व्यक्ति वा संस्थाले ‘सजिलो रेन्टल’ मार्फत भाडामा लगाउन सक्छन् । ‘यसले गर्दा माग र आपूर्तिबीच समन्वय भई सेवाको आदानप्रदानमा सहजता हुन्छ ।’–उनले भने । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा बढि समयका लागि आवश्यकता अनुसार काठमाडौं उपत्यका वा देशका विभिन्न भागमा जानका लागि सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिने व्यवस्था गरिएको छ ।
यसरी सवारी भाडामा लिँदा सुरक्षाका कुराहरुलाई पनि ध्यान दिईएको छ । यात्रुहरुको सुरक्षाका लागि ‘सजिलो रेन्टल’ ले सवारी दर्ता हुनु अघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री र लाइसेन्सलाई प्रमाणीकरण गर्छन् भने सवारीको कागजात पनि दुरुस्त भए नभएको एकिन गर्ने गर्दछन् । यात्राको अनुभव, सुविधा र सहजताका बारेमा धारणा, चालकलाई रेटिङ र अन्य यात्रुका लागि सिफारिससमेत गर्न सक्ने सुविधा राखिएको अर्जुनको भनाई छ । यात्रुलाई सहजता र सुरक्षित सेवा दिने ‘सजिलो रेन्टल’ को प्रमुख उद्धेश्य भएकाले यसमा कुनै कमी हुन नदिने काठमाडौंमा बसेर यसलाई अघि बढाउने काम गरिरहेका सिईओ प्रज्ज्वलले बताए । 
‘सवारी धनीले विभिन्न गन्तव्यको भाडा निर्धारण गर्ने र सेवाग्राहीले भाडा उपयुक्त लागेको सवारी छनौटको व्यवस्था गरेकाले भाडा दरमा ठगिने समस्या पनि स्वतः समाधान हुने व्यवस्था गरेका छौं ।–उनले भने । अहिले अर्जुन र प्रज्ज्वलसहित ८ जना कर्मचारीले तथ्यांक संकलन गर्ने, ट्राभल एजेन्सीहरुसँग सम्पर्क गर्ने, सवारीको ‘इन्भेन्ट्री’ को संख्या तथा अवस्था बुझ्ने, उनीहरुले जान चाहेको मोडलका बारेमा परामर्श तथा छलफल गर्ने काम गरिरहेको जनाईएको छ ।
सेवालाई अझ व्यवस्थित, गुणस्तरीय र मागको आधारमा परिमार्जिन गर्दै लैजाने फुँयाल दाजुभाईको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार