Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कान्तिलोकपथ कालोपत्रे पुनः सुचारु

Kantilok-Path-1507469572.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–काठमाण्डौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ कालोपत्रे र सडक विस्तारको काम फेरि शुरु भएको छ । बर्षाका कारण रोकिएको कालोपत्रे र सडक विस्तारको काम शुरु भएको हो ।
निर्माण कम्पनी बानियाँ निर्माण सेवा (विएनएस) ले हेटौँडाको बुद्धचोकदेखि चुच्चेखोलासम्मको क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालेको छ । चौघडा टेम्पोपार्कदेखि सानोपोखरासम्म सडक विस्तार भईरहेको छ भने सानोपोखरादेखि पिप्लेसम्म कालोपत्रे भएको विएनएसका प्रवन्ध निर्देशक ऋषिराज बानियाँले बताए । उनका अनुसार कात्तिक महिनाभित्रमा चुच्चेखोलासम्म सडक विस्तर र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको छ । 
गत आवमा नै काम सक्ने लक्ष्यका साथ काम गरिरहेपनि बर्षाका कारण रोकिएको बानियाँको भनाई छ । कान्तिलोपथ अन्तरगत हेटौँडादेखि ललितपुरसम्म विभिन्न स्थानमा आधा दर्जन बढि निर्माण कम्पनीले सडक स्तरिकरणको काम गरिरहेका छन् । आउँदो आर्थिक बर्षदेखि सवारी संचालनमा ल्याउने लक्ष्यका साथ काम भईरहेको कान्तिलोकपथ आयोजनाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार