Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास

Screenshot_20220313-11403-1647150960.jpg

२९ फागुन, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका-९ स्थित खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएकाे छ । डन्टारदेखि काेटेबाङ जाेड्ने १२० मिटर लम्बाईकाे झाेलुङ्गे पुलकाे शनिबार बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् ।
करिब ५८ लाख लागतमा निर्माण हुने झाेलुङ्गे पुल अबकाे ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । झाेलुङ्गे पुलकाे शिलान्यास गर्दै राज्यमन्त्री प्रजाले विकट गाउँकाे विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेकाे बताए । मुलुककाे विकासमा कांग्रेस नै अपरिहार्य रहेकाे नागरिकले महसुस गरिसकेकाे भन्दै अबकाे स्थानीय तहकाे निर्वाचनमा हरेक ठाउँमा कांग्रेसलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे । 
डन्टार काेटेबाङ झाेलुङ्गे पुल उपभाेक्ता समितिका अध्यक्ष केशव प्रजाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, राक्सिराङ-९ का अध्यक्ष रामकुमार वाल्पा थिङ, पुल निर्माणमा प्राविधक तथा सामाजिक सहयाेग गर्ने राडाे नेपालका प्रतिनिधि राजन दाहाल, कांग्रेस ९ नम्बर वडा सभापति शिवकुमार मल्ललगायतकाे उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार