Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

मनहरी-मलेखु सडक स्तरोन्नतीमा एक अर्ब खर्चने तयारी

Screenshot_20220313-14472-1647162394.jpg

२९ फागुन, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । 
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिृकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो । करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो ।
दुई गाउँपालिकाको अगुवाईमा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुकोसमेत जोडबलमा उक्त सडकको ट्रयाक पूरा भएपछि निकट भविष्यमै हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने पक्का भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
दुई गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडक स्तरोन्नतीको लागि करिब एक अर्ब लगानी गर्ने योजना बनाएको छ । करिब एक अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिए । ‘आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ । यसै वर्ष पनि लोजा–जिनाई खण्डमा काम गर्नको लागि हामीले आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं ।’ भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले भने ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg