Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सामाजिक सुरक्षा कोषको अन्तरक्रिया 

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका २ वटा उद्योगको मात्र सुरक्षा करको विवरण 

kosh-1507638030.jpg

तस्विरः सुनिल शिवाकाटी / प्रस्ट खबर

२४ असोज, हेटौँडा ।  नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा  हेटौँडामा  एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ । 
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँको आयोजनामा हेटौँडामा रहेका उद्योग, संघ संस्था संचालक, व्यवस्थापक सहित ट्रेड  युनियनका प्रतिनिधीेसंग  गरिएको सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रिया तथा गोष्टीमा  सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा जानकारी गराईएको हो । 

अन्तरक्रिया तथा गोष्टीमा  कार्यक्रममा जनाकारी गराईए अनुसार २०६७ चैत ७ गते सामाजिक सुरक्षा कोषको विधिवत् स्थापना भएपछी सरकारले  सामाजिक सुरक्षा  कर वापतको लिएको १% रकमको २०७३ /७४ को अषाढ मसान्त सम्म १६ अर्ब ७९ करोड  जम्मा भईसकेको बताईएको छ ।  त्यसैगरी १६ अर्ब ७९ करोड  भध्य अर्थ मन्त्रालयबाट आर्थिक बर्ष २०६९/७० मा स्किम कार्यन्वयनका लागी ४७ करोड कोषको नाँउमा निकास भएको र हाल सम्म बचत ६३ करोड ५० लाख पुगेको समेत बताईएको छ ।  

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले  सामाजिक सुरक्ष कर वापतको १ % रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर प्रविष्टि कार्य भईरहेको र हाल करिब ३ हजार प्रतिष्ठानहरुको डाटाको प्रविष्ट गरिएको बताउदै श्रेष्ठले मकवानपुरबाट सरकारी ,अर्धसरकारी र निजी गरी जम्मा ११ वटा प्रतिष्ठानहरुको मात्र सुरक्षा करको पूर्ण विवरण प्राप्त भएको भन्दै  हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका ८० भन्दा बढी उद्योगहरुमा २ वटा उद्योगले मात्र  सुरक्षा करको पूर्ण विवरण पठाएकोले सम्पुर्ण प्रतिष्ठानहरुलाई सुरक्षा करको पूर्ण विवरण पठाउन अनुरोध गरे  ।  
अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा नेपाल औद्योगिक व्यवस्थापनका अध्यक्ष माधव अधिकारी, मकवानपर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने ,उद्योग संघ मकवानपुरका उपाध्यक्ष लेखराज पोखरेल , श्रम कार्यलय मकवानपुरका प्रमुख मिथिलेशोर राय यादव , आईटियुसिका संयोजक श्याम श्रेष्ठ ,नेपाल पत्रकार महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका विभिन्न उद्योगका संचालक, व्यवस्थापक, व्यवसायी, सहित ट्रेड  युनियनका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।   

presenattion-1507638030.jpg

कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ। तस्विरः सुनिल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार