१२ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव महेन्द्र राउतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संचारकर्मीहरुसँग हेटौँडामा आइतबार आफ्नो कार्यकालको समिक्षा र भावी रणनीतिबारे जानकारी गराउँदै राउतले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । राउत पत्रकार सम्मेलन नै गरेर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो हुन् । उनले व्यवसायीहरुलाई अत्यावश्यक पर्ने व्यवसायिक योजना तयार, कर प्रणालीका नीतिगत प्रावधान बारे पर्याप्त जानकारी नहुँदा समस्या देखिने गरेको भन्दै यसतर्फ पनि आफुले काम गर्ने बताए ।
हेटौँडालाई आर्थिक जिल्ला बनाउन राज्य तहसम्म पहल गर्ने र उद्योग व्यवसाय विस्तारका लागि काम गर्ने बताए । आफ्नो वर्तमान कार्यकालमा संघले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बहुप्रायोगिक अत्याधुनिक व्यवसायिक भवन निर्माणको काम अघि बढाउने, मकवानपुरमा पर्यटन प्रवद्र्धनका लागि व्यवसायीहरुलाई प्रोत्साहन र सहजिकरण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
आन्तरिक राजस्व कार्यालय मकवानपुरमा संघले राखेको हेल्पडेस्कलाई व्यवस्थित गर्ने, उद्योगी, श्रमिक र क्रियाशिल ट्रेड युनियनबीच सुमधुर सम्बन्ध कायम गर्नेतर्फ आफ्नो अग्रसरता रहने समेत उनको भनाई छ । आफुले अहिले एक्लै उम्मेदवारी घोषणा गरेको बताउँदै व्यवसायिक हितमा लाग्ने साथीहरुको टिम बनाउने पनि बताए । केन्द्रीय सदस्य एवं वर्तमान अध्यक्ष राजकुमार न्यौपानेको सकारात्मक काममा सधै साथ दिएको भन्दै उनले आफ्नो उम्मेदवारीमा पनि न्यौपानेबाट सहयोग हुने विश्वास व्यक्त गरे ।
संघको सदस्य, सचिव र महासचिवको भुमिका निर्वाह गरेका राउतसंगै अन्य तीन जनाले पनि संघको अध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र उपाध्यक्ष कृष्ण अग्रवालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । आगामी साधारण सभा पुस २७, २८ र २९ गते हेटौँडामा हुने संघले जनाएको छ ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















