१२ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव महेन्द्र राउतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संचारकर्मीहरुसँग हेटौँडामा आइतबार आफ्नो कार्यकालको समिक्षा र भावी रणनीतिबारे जानकारी गराउँदै राउतले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । राउत पत्रकार सम्मेलन नै गरेर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो हुन् । उनले व्यवसायीहरुलाई अत्यावश्यक पर्ने व्यवसायिक योजना तयार, कर प्रणालीका नीतिगत प्रावधान बारे पर्याप्त जानकारी नहुँदा समस्या देखिने गरेको भन्दै यसतर्फ पनि आफुले काम गर्ने बताए ।
हेटौँडालाई आर्थिक जिल्ला बनाउन राज्य तहसम्म पहल गर्ने र उद्योग व्यवसाय विस्तारका लागि काम गर्ने बताए । आफ्नो वर्तमान कार्यकालमा संघले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बहुप्रायोगिक अत्याधुनिक व्यवसायिक भवन निर्माणको काम अघि बढाउने, मकवानपुरमा पर्यटन प्रवद्र्धनका लागि व्यवसायीहरुलाई प्रोत्साहन र सहजिकरण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
आन्तरिक राजस्व कार्यालय मकवानपुरमा संघले राखेको हेल्पडेस्कलाई व्यवस्थित गर्ने, उद्योगी, श्रमिक र क्रियाशिल ट्रेड युनियनबीच सुमधुर सम्बन्ध कायम गर्नेतर्फ आफ्नो अग्रसरता रहने समेत उनको भनाई छ । आफुले अहिले एक्लै उम्मेदवारी घोषणा गरेको बताउँदै व्यवसायिक हितमा लाग्ने साथीहरुको टिम बनाउने पनि बताए । केन्द्रीय सदस्य एवं वर्तमान अध्यक्ष राजकुमार न्यौपानेको सकारात्मक काममा सधै साथ दिएको भन्दै उनले आफ्नो उम्मेदवारीमा पनि न्यौपानेबाट सहयोग हुने विश्वास व्यक्त गरे ।
संघको सदस्य, सचिव र महासचिवको भुमिका निर्वाह गरेका राउतसंगै अन्य तीन जनाले पनि संघको अध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र उपाध्यक्ष कृष्ण अग्रवालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । आगामी साधारण सभा पुस २७, २८ र २९ गते हेटौँडामा हुने संघले जनाएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















