Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बागमती प्रदेशको पर्यटन प्रचारको लागि पत्रकारहरुको अध्ययन भ्रमण

Paryatan-1654841841.jpg

२७ जेठ, हेटौंडा । बागमती प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि प्रदेशका पत्रकारहरुको टोली अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ । बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरु प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भ्रमणका लागि हेटौंडाबाट प्रस्थान गरेको हो । 
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले भ्रमण टोलीलाई विदाई गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रचारप्रसारको भूमिका महत्वपूर्ण भएकाले संचार क्षेत्रसंग सहकार्य गरिएको बताए । उनले संस्कृति एवं पर्यटन प्रवद्र्धनका लागि आउँदो बर्षलाई प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘घुमघाम बर्ष’ को रुपमा मनाउन लागेकाले यसको प्रचारप्रसारका लागि समेत संचारकर्मीहरुसंग आग्रह गरे । उनले आफु संचारक्षेत्रसंग सहकार्य गर्न सधैं तयार रहेको बताए । 
कार्यक्रममा मन्त्रालयका सचिव मदन कोइराला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर लगायत विभिन्न जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भ्रमण टोलीले बागमती प्रदेशका विभिन्न जिल्लाका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरी प्रचारप्रसारमा सहयोग गर्ने जनाईएको छ । मन्त्रालयले पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण बर्षेनी गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार